नेकपा एकताका लागि दुवै पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गर्छु : वामदेव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव र ओली दुवै पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन्।
बिहीबार कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन्।
एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उनले बताए। उनले भने, ‘धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै सबै सभाहरुमा बोलेको सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन‘ उनले थपे, ‘मेरो चाहिँ प्रयत्न दुवै पक्षका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गरी एकताको पक्षमा जनमत तयार गर्ने छ।‘
जो नेता एकताको पक्षमा उसलाई भोट नदिने रणनीति बनाउने योजना पनि उनले सुनाए। आफूहरूले चलाउन लागेको यस अभियानले चारैतिरबाट यी दुवै पक्षका नेतालाई घेराबन्दी गरेर एकताका पक्षमा दबाब दिने योजना पनि उनले सुनाए।
उपाध्यक्ष गौतमले आफू विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पारे।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












