प्रधानमन्त्रीका लागि कसैलाई अफर गरेका छैनौं: प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।
ओलीले भने ‘एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ । गर्दैनौँ पनि ।’
प्रचण्ड र माधवलाई लक्षित गर्दै ओलीले भने, ‘उहाँहरुको गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ती गरिराख्नुभएको छ ।’
मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको लागि आफूले संसद विघटन गर्ने बाध्यता रहेको पनि उनको दावी थियो । शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग शान्तिपूर्ण वार्तामा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ओलीले आज एउटा ऐतिहासिक काम सम्पन्न भएको बताउँदै भने, ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन। अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन।’
आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर नेकपाका नेता तथा कार्यकर्तालाई छोडिने बताए।
प्रधानमन्त्री ओलीले सरकार र नेकपाबीच रातारात सहमति नभएको बताउँदै भने, ‘रातारात होइन। वर्षौँदेखि वार्ता चलिरहेको थियो।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












