‘नेपाल कम्युनिस्ट पार्टी’ नामबारे मुद्दाको फैसला आज
काठमाडाैँ । ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको विवादबारे सर्वाेच्च अदालतले आज (आइतबार) फैसला सुनाउने भएको छ।
२०६९ सालमा ऋषिराम कट्टेलको नाममा ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी एकता गरी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नाम राखेर पार्टी दर्ता गराएका हुन्।
त्यही बेला पनि यसबारे विवाद भएको थियो। किनकि एउटै नामको दुइटा दल दर्ता गर्न नपाइने प्रावधान छ। तर माओवादी केन्द्र र एमाले मिलेर बनेको पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ अर्थात् कोष्ठमा समेत राखेर फरक पारी दर्ता गरिएको हो।
तर नाम एउटै भयो भनेर कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। त्यसैको फैसला आज हुने भएको हो।
गत बिहीबार नै फैसला गर्ने भनिए पनि पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले शोकमा सर्वोच्चसहित सबै अदालत बन्द गरिएपछि फैसलाको मिति आजका लागि सारिएको हो।
नेकपा नामविरुद्ध सर्वाेच्च अदालतमा दर्ता गरिएका रिटको सुनुवाइ यही फागुन ६ गते सकिएको हो। यसमा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने तयारी छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












