संसदीय दलको नेता प्रचण्डलाई बनाएको जानकारी गराउन प्रचण्ड-नेपाल समूह पुग्यो संसद सचिवालय
काठमाडाैँ । नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको जानकारी संसद् सचिवालयलाई गराएको छ ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई भेटेर प्रचण्ड-नेपाल समूहको नेकपाले संसदीय दलको नेता परिवर्तन गरेर प्रचण्डलाई बनाइएकाले आफूहरुको निर्णयलाई मान्यता दिन आग्रह गरेको हो ।
महासचिव गौतमलाई भेट्न प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रमुख सचेतक देवप्रसाद गुरुङ लगायतका नेताहरु पुगेका हुन् ।
संसद् सचिवालयले नेकपा विभाजन भएको आधिकारिक पत्र नआएसम्म दलको नेता परिवर्तनसम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएको थियो । त्यसलगत्तै प्रचण्ड-नेपाल समूह आफूहरुले बहुमतबाट निर्णय गरेकाले मान्यता दिन महासचिव गौतमलाई आग्रह गरेको हो ।
प्रचण्ड-नेपाल समूहको शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । उक्त बैठकमा १११ जना सांसद उपस्थित रहेको दाबी प्रचण्ड-नेपाल समूहले गरेको छ ।
प्रचण्ड-नेपाल समूहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी लगायत सांसदमाथि कारबाही गरेको पनि जानकारी संसद सचिवालयलाई गराएको छ ।
दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेको भन्दै संसद् सचिवालयले नेकपाका दुवै समूहका सांसदलाई संसदमा एउटै लहरमा बस्ने व्यवस्था मिलाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












