भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ- मैले तपाईंहरू कुन पार्टीको हो भनेर सोध्न नपरोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् ।
सोमबार १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर सोध्नेहरू थाहा पाउन अदालत जान आग्रह गरेका हुन् ।
आइतबार बसेको पुनर्स्थापित संसदको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीमबहादुर रावलले प्रधानमन्त्री ओली कुन पार्टीका हुन् भन्ने प्रश्न गरेका थिए ।
रावललाई त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने जानकारी पाउँ भन्ने प्रश्न उठेछ । मैले उहाँलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको सदस्य हो भनेर। ’
प्रधानमन्त्री ओलीले अदालतले सुनाएको फैसला सबैले मान्नु पर्ने पनि बताए । ‘केही मान्छेले अदालतले भनेको पनि सुन्ने गरेका छैनन् । अदालतले भनेको पनि नसुन्ने, देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने यो प्रवृत्ति राम्रो होइन,’ उनले भने ।
नेकपाको प्रचण्ड–नेपाल समूह नेकपाको आधिकारिकता आफूहरूलाई दिन निर्वाचन आयोगलाई दबाब दिँदै आएको थियो । तर, सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन्
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












