सिम्रिक एयर २१औं वर्षमा प्रवेश
काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड फागुन २७ बाट स्थापनाको २१औं वर्षमा प्रवेश गरेको छ।
सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी बताउँछ।
सिम्रिक एयरसँग अहिले ५ वटा आफ्नै हेलिकप्टर छन्। बेलफो सेभन एउटा र बीथ्रीई ४ गरी कुल ५ वटा हेलिकप्टरबाट सेवा प्रदान गर्दै आएको कम्पनीका कार्यकारी निर्देशक तथा क्याप्टेन सिद्धार्थजंग गुरुङले जानकारी दिए। हाल कम्पनीमा ७ जना पाइलट गरी करिब ७८ जना कर्मचारी कार्यरत छन्।
स्थापना कालमा एमआई ७ नामक ठूलो हेलिकप्टरबाट सिम्रिकले विशेष गरी कार्गो उडान सुरु गरेको थियो। त्यो बेला दुर्गम र पीछडिएका जिल्लामा बाटो नपुगेकाले कार्गो र यात्रुको ओसारपसारका लागि सिम्रिकले अग्रणी भूमिका खेलेको थियो। समयक्रमसँगै सिम्रिकले सन् २०११ बाट सानो आकारको हेलिकप्टर किनेर पहिलेकोलाई विस्थापित गरेको थियो। कम्पनीले पछिल्ला ५ वटा हेलिकप्टर ब्रान्ड न्यु नै किनेको थियो।
अहिले हेलिकप्टरबाट गर्न सकिने सबै खालका सेवा सिम्रिक एयरले दिँदै आएको छ। अहिले टेक्निकल उद्धार (फसेका र अड्किएकाको उद्धार), स्विङ गरेर सामान ओसार्ने, फायर फाइटिङ, सर्भे, स्काई डाइभिङ, हेली स्की, माउन्टेन फ्लाइटलगायत सेवा दिँदै आएको छ। स्विङ गरेर सामान ओसार्दै १ टनसम्म सामान बोकेर विकट गाउँ वा आयोजना स्थलमा पुर्याउन सक्ने क्षमता सिम्रिक एयरको छ।
सेवा र सुविधामा नयाँपन दिन माहिर सिम्रिक एयर हेली उद्योगमा त्यसै अग्रणी बनेको छैन भन्दै कार्यकारी निर्देशक गुरुङ भन्छन्, ‘कोभिडको समयमा कोभिड बिरामीको ओसारपसार गर्यौं। अब हस्पिटल ट्रान्सफरका रूपमा फुल एयर एम्बुलेन्स र रातिमा पनि उड्न सक्ने गरी क्षमता बढाउँदै लग्ने कम्पनीको योजना छ।’ साथै कम्पनीले सुक्खायाममा भीरपाखामा लाग्ने डढेलो निभाउन पनि स्थानीय सरकारसँग मिलेर काम गर्ने योजना बनाएको उनको भनाइ छ।
कोभिडपछि पर्यटक लक्षित कार्यक्रम
विभिन्न क्षेत्रमा उडान भर्दै आएको कम्पनीको आयको मुख्य स्रोत विदेशी पर्यटकको उडान हुने गरेको थियो। तर, गत वर्षको कोभिड–१९ संक्रमण महामारीका रूपमा फैलिएर विदेशी पर्यटक आउन सक्ने वातावरण तय नभएकाले कम्पनीले आफ्नो नीतिमा केही परिवर्तन गरी अघि बढेको कार्यकारीको भनाइ छ।
अहिले कम्पनीले आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक गरेको छ। पहिला हेलिकप्टर भनेपछि विदेशी मात्र चढ्ने आममानसिकता रहेकामा अहिले नेपाली पनि हेलिकप्टर उडानमा आकर्षित हुँदै गएको कम्पनीको अनुभव छ। यसैलाई ध्यानमा राख्दै कम्पनीले नेपालीले खर्च गर्न सक्ने गरी विभिन्न धार्मिक स्थलको भ्रमण प्याकेज बनाएको छ। हेलिकप्टर उडानमार्फत विभिन्न धार्मिक स्थलको छिटो र सहज रूपमा दर्शनका लागि कम्पनीले प्याकेज बनाएको हो। त्यसमा गोसाइँकुण्ड, मुक्तिनाथ, पाथीभरा, हलेसी, कालिञ्चोकलगायत प्याकेज बनाएर बेचिरहेको क्याप्टेन गुरुङ बताउँछन्।
शिवरात्रिमा गोसाइँकुण्ड प्याकेज
सिम्रिक एयरले आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै फागुन २७ गते पर्ने महाशिवरात्रिबाट आगामी चैत २ सम्मका लागि गोसाइँकुण्ड भ्रमण प्याकेजमा छुटसहित उडान सुरु गरेको छ। प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँमा गोसाइँकुण्ड उडान गर्ने गरी कम्पनीले प्याकेज ल्याएको कम्पनीका प्रशासनिक प्रबन्धक विनोदकुमार मण्डलले जानकारी दिए।
कोभिडअघिको समयमा प्रतिव्यक्ति २० हजारदेखि २५ हजार रुपैयाँसम्ममा उडान भर्दै आएकोमा शिवरात्रिको अवसरमा १६ हजार ५ सय रुपैयाँ मै गोसाइँकुण्ड पुगेर पवित्र धार्मिक स्थलको यात्रा गर्न सकिनेछ। गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित करिब ४२ सय मिटर उचाइमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थलका रूपमा परिचित छ। अशक्त, बिरामी, बूढाबूढीलगायत मनोकांक्षालाई मनन गर्दै करिब डेढ घण्टामा गोसाइँकुण्ड पुर्याएर फर्काउने गरी कम्पनीले कार्यक्रम तय गरेको छ। यो एकहप्ते गोसाइँकुण्ड भ्रमण प्याकेजका लागि शिवपुरीबाट १५ मिनेटको हेलिकप्टर यात्राबाट गोसाइँकुण्ड पुर्याउने, बढीमा ४५ मिनेटसम्म त्यहाँ भ्रमण गर्न दिने र १५ मिनेटमा पुनः शिवपुरी फर्काउने गरी कम्पनीले प्याकेज तयार पारेको छ।
कम्पनीले विगत ५ वर्षदेखि शिवरात्रिलाई लक्ष्य गर्दै उक्त छुट योजना ल्याउँदै आएको छ। कोभिड–१९ भाइरस निर्मूल भइनसकेको अवस्थामा सुरक्षा मापदण्डलाई पूर्ण पालना गर्दै उडान भर्ने कम्पनीले जानकारी दिएको छ। आवश्यक परेमा मेडिकल चेकजाँच, अक्सिजन ब्याक अप, टिफिन बक्स, पानीको बोतल, रेस्क्यु सहयोगीजस्ता सुविधाको पनि व्यवस्था कम्पनीले गरेको छ। यी सुविधा प्रयोग गर्नुपर्नेमा अतिरिक्त शुल्क लाग्ने कम्पनीको भनाइ छ। कम्पनीको भ्रमण योजनाअन्तर्गतको पहिलो दिनको उडानमा करिब २०० यात्रु लाभान्वित भएको बताइएको छ।
सिम्रिक हेली विशेषतः हाई अल्टिच्युडमा उडान भर्न प्रख्यात नाम हो भने साहसिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले विशेष भूमिका खेल्दै आएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












