सिम्रिक एयर २१औं वर्षमा प्रवेश
काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड फागुन २७ बाट स्थापनाको २१औं वर्षमा प्रवेश गरेको छ।
सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी बताउँछ।
सिम्रिक एयरसँग अहिले ५ वटा आफ्नै हेलिकप्टर छन्। बेलफो सेभन एउटा र बीथ्रीई ४ गरी कुल ५ वटा हेलिकप्टरबाट सेवा प्रदान गर्दै आएको कम्पनीका कार्यकारी निर्देशक तथा क्याप्टेन सिद्धार्थजंग गुरुङले जानकारी दिए। हाल कम्पनीमा ७ जना पाइलट गरी करिब ७८ जना कर्मचारी कार्यरत छन्।
स्थापना कालमा एमआई ७ नामक ठूलो हेलिकप्टरबाट सिम्रिकले विशेष गरी कार्गो उडान सुरु गरेको थियो। त्यो बेला दुर्गम र पीछडिएका जिल्लामा बाटो नपुगेकाले कार्गो र यात्रुको ओसारपसारका लागि सिम्रिकले अग्रणी भूमिका खेलेको थियो। समयक्रमसँगै सिम्रिकले सन् २०११ बाट सानो आकारको हेलिकप्टर किनेर पहिलेकोलाई विस्थापित गरेको थियो। कम्पनीले पछिल्ला ५ वटा हेलिकप्टर ब्रान्ड न्यु नै किनेको थियो।
अहिले हेलिकप्टरबाट गर्न सकिने सबै खालका सेवा सिम्रिक एयरले दिँदै आएको छ। अहिले टेक्निकल उद्धार (फसेका र अड्किएकाको उद्धार), स्विङ गरेर सामान ओसार्ने, फायर फाइटिङ, सर्भे, स्काई डाइभिङ, हेली स्की, माउन्टेन फ्लाइटलगायत सेवा दिँदै आएको छ। स्विङ गरेर सामान ओसार्दै १ टनसम्म सामान बोकेर विकट गाउँ वा आयोजना स्थलमा पुर्याउन सक्ने क्षमता सिम्रिक एयरको छ।
सेवा र सुविधामा नयाँपन दिन माहिर सिम्रिक एयर हेली उद्योगमा त्यसै अग्रणी बनेको छैन भन्दै कार्यकारी निर्देशक गुरुङ भन्छन्, ‘कोभिडको समयमा कोभिड बिरामीको ओसारपसार गर्यौं। अब हस्पिटल ट्रान्सफरका रूपमा फुल एयर एम्बुलेन्स र रातिमा पनि उड्न सक्ने गरी क्षमता बढाउँदै लग्ने कम्पनीको योजना छ।’ साथै कम्पनीले सुक्खायाममा भीरपाखामा लाग्ने डढेलो निभाउन पनि स्थानीय सरकारसँग मिलेर काम गर्ने योजना बनाएको उनको भनाइ छ।
कोभिडपछि पर्यटक लक्षित कार्यक्रम
विभिन्न क्षेत्रमा उडान भर्दै आएको कम्पनीको आयको मुख्य स्रोत विदेशी पर्यटकको उडान हुने गरेको थियो। तर, गत वर्षको कोभिड–१९ संक्रमण महामारीका रूपमा फैलिएर विदेशी पर्यटक आउन सक्ने वातावरण तय नभएकाले कम्पनीले आफ्नो नीतिमा केही परिवर्तन गरी अघि बढेको कार्यकारीको भनाइ छ।
अहिले कम्पनीले आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक गरेको छ। पहिला हेलिकप्टर भनेपछि विदेशी मात्र चढ्ने आममानसिकता रहेकामा अहिले नेपाली पनि हेलिकप्टर उडानमा आकर्षित हुँदै गएको कम्पनीको अनुभव छ। यसैलाई ध्यानमा राख्दै कम्पनीले नेपालीले खर्च गर्न सक्ने गरी विभिन्न धार्मिक स्थलको भ्रमण प्याकेज बनाएको छ। हेलिकप्टर उडानमार्फत विभिन्न धार्मिक स्थलको छिटो र सहज रूपमा दर्शनका लागि कम्पनीले प्याकेज बनाएको हो। त्यसमा गोसाइँकुण्ड, मुक्तिनाथ, पाथीभरा, हलेसी, कालिञ्चोकलगायत प्याकेज बनाएर बेचिरहेको क्याप्टेन गुरुङ बताउँछन्।
शिवरात्रिमा गोसाइँकुण्ड प्याकेज
सिम्रिक एयरले आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै फागुन २७ गते पर्ने महाशिवरात्रिबाट आगामी चैत २ सम्मका लागि गोसाइँकुण्ड भ्रमण प्याकेजमा छुटसहित उडान सुरु गरेको छ। प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँमा गोसाइँकुण्ड उडान गर्ने गरी कम्पनीले प्याकेज ल्याएको कम्पनीका प्रशासनिक प्रबन्धक विनोदकुमार मण्डलले जानकारी दिए।
कोभिडअघिको समयमा प्रतिव्यक्ति २० हजारदेखि २५ हजार रुपैयाँसम्ममा उडान भर्दै आएकोमा शिवरात्रिको अवसरमा १६ हजार ५ सय रुपैयाँ मै गोसाइँकुण्ड पुगेर पवित्र धार्मिक स्थलको यात्रा गर्न सकिनेछ। गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित करिब ४२ सय मिटर उचाइमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थलका रूपमा परिचित छ। अशक्त, बिरामी, बूढाबूढीलगायत मनोकांक्षालाई मनन गर्दै करिब डेढ घण्टामा गोसाइँकुण्ड पुर्याएर फर्काउने गरी कम्पनीले कार्यक्रम तय गरेको छ। यो एकहप्ते गोसाइँकुण्ड भ्रमण प्याकेजका लागि शिवपुरीबाट १५ मिनेटको हेलिकप्टर यात्राबाट गोसाइँकुण्ड पुर्याउने, बढीमा ४५ मिनेटसम्म त्यहाँ भ्रमण गर्न दिने र १५ मिनेटमा पुनः शिवपुरी फर्काउने गरी कम्पनीले प्याकेज तयार पारेको छ।
कम्पनीले विगत ५ वर्षदेखि शिवरात्रिलाई लक्ष्य गर्दै उक्त छुट योजना ल्याउँदै आएको छ। कोभिड–१९ भाइरस निर्मूल भइनसकेको अवस्थामा सुरक्षा मापदण्डलाई पूर्ण पालना गर्दै उडान भर्ने कम्पनीले जानकारी दिएको छ। आवश्यक परेमा मेडिकल चेकजाँच, अक्सिजन ब्याक अप, टिफिन बक्स, पानीको बोतल, रेस्क्यु सहयोगीजस्ता सुविधाको पनि व्यवस्था कम्पनीले गरेको छ। यी सुविधा प्रयोग गर्नुपर्नेमा अतिरिक्त शुल्क लाग्ने कम्पनीको भनाइ छ। कम्पनीको भ्रमण योजनाअन्तर्गतको पहिलो दिनको उडानमा करिब २०० यात्रु लाभान्वित भएको बताइएको छ।
सिम्रिक हेली विशेषतः हाई अल्टिच्युडमा उडान भर्न प्रख्यात नाम हो भने साहसिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले विशेष भूमिका खेल्दै आएको छ।
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












