नेपालको परिवर्तन उल्ट्याउन सबैभन्दा बढी मलाई घेराबन्दीमा पारियाे : प्रचण्ड
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तनलाई उल्ट्याउन आफूलाई घेराबन्दी पारिएको बताएका छन्।
शुक्रबार बुटवलमा आयोजिथत राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट आफूलाई घेराबन्दीमा पारिएको दाबी गरे।
‘१२ बुँदे समझदारी र शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले जीवित हुनुहुन्न्। म अहिले जीवितै छु। र, यो परिवर्तन उल्ट्याउनको निम्ति अहिले सबैभन्दा बढी घेराबन्दी ममाथि भइरहेको मैले महसुस गर्छु।
मैले धेरै गहिरोगरी यसको महसुस गरिरहेको छु,’ उनले भने, ‘देशभित्रका तमाम प्रतिगमनकारीहरु जो गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक भन्ने मन पराउँदैन थिए तिनीहरु र देश बाहिरका पनि दक्षिणपन्थि प्रतिक्रियावादी शक्तिहरु सबै मिलेर नेपालको परिवर्तनलाई उल्ट्याई छाड्ने कसरतमा छन्।’
एमाले र माओवादीको एकतापछि प्रचण्ड एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेको थिए। तर, यही फागुन २३ गते सर्वोच्च अदालतले दुई कम्युनिस्ट पार्टीबीचको एकतालाई वैधता नदिएपछि दुवै पार्टी अलग भएका छन्। सर्वोच्चको उक्त फैसलापछि प्रचण्डले आफूहरुमाथि षड्यन्त्र भएको बताउँदै आएका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












