माओवादी केन्द्रको बैठकमा बादलसहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुलाई कारबाही गर्ने भएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा एमालेमा गएका मन्त्री थापासहितका अन्य मन्त्री र नेताहरुलाई कारबाही गर्नेसहितका ६ वटा एजेन्डामा छलफल चलिरहेको एक केन्द्रीय सदस्यले बताए।
उनले बैठकमा अहिले विधान, संगठनात्मक संरचना र अनुशासनबारे छलफल भइरहेको हो। थापासहितका नेताहरुलाई अनुशासनको कारबाही गर्ने ती नेताले बताए।
माओवादी केन्द्रबाट मन्त्री बनेका थापासहितका ७ मन्त्री र अन्य २३ अहिले एमालेमा लागेका छन्।
गृहमन्त्री थापासहित उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, शहरी विकासमन्त्री प्रभु शाह, खेलकुद मन्त्री दावा तामाङ एमालेमा लागेका हुन्।
यसैगरी एमालेमा खुलेका अन्य केही नेताहरुलाई समेत आजको केन्द्रीय समितिको बैठकले कारवाही गर्ने निर्णय गर्ने ती नेताले बताए।
यस्तै वर्तमान परिस्थितिबारे पनि रिपोर्ट प्रस्तुत गर्ने अर्को एजेण्डा रहेको छ।
राष्ट्रिय कार्यकर्ता भेला र विविध एजेन्डामा पार्टीको नाम परिवर्तन, विधान, संगठनात्मक संरचना र अनुशासन कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ।
आजको बैठकमा एमालेसँगको एकतापछि नेकपामा केन्द्रीय सदस्य रहेकाहरु मात्र उपस्थित छन् ।बैठकमा एक सय ८० जना उपस्थित रहेको ती नेताले बताए।
नेकपा बनेपछि माओवादीका तर्फबाट २ सय केन्द्रीय सदस्य बनाइएको थियो। जसमा गृहमन्त्री थापासहित केही केन्द्रीय सदस्य केपी शर्मा ओलीको एमालेमा खुलेका छन् ।
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












