सत्ता समीकरणमा सहमति जुटाउन तीन दलको बैठक बस्दै
काठमाडौं । सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल हुँदैछ।
जसपा र माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेससँग बसेर छलफल गर्ने निर्णय गरेको गरेपछि आज छलफल हुन लागेको हो।
आज छलफल हुने बताइए पनि कति बेला हुने भन्ने टुंगो लागिनसकेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए। सत्ता सहकार्यबारे जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा देखिएका छन् भने संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ओलीसँग सहकार्य गर्न नसकिने पक्षमा देखिएका छन्।
नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले प्रधानमन्त्री ओलीसँग छलफल गरेको छ। यस्तै‚ प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेको छ।
कांग्रेसले पनि नयाँ सरकार गठनमा आफू अगाडि बढ्ने संकेत गरिसकेको छ। उसले नेतृत्व पाए सरकारमा जान सक्ने बताउँदै आएको छ। जसपाका नेताहरु पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन्। जसपाका अध्यक्ष यादवले कम्युनिस्ट र कांग्रेस दुवै दल सरकार चलाउन असफल भइसकेकाले अब सरकारको नेतृत्व आफूहरूलाई दिनुपर्ने धारणा राख्दै आएका छन्।
यस्तै, माओवादी केन्द्र र एमालेको नेपाल–खनाल पक्षका नेताहरुले पनि आन्तरिक छलफललाई तीव्र बनाएका छन्। उनीहरुबीच प्रधानमन्त्री केपी ओलीले गरेको पछिल्लो निर्णयपछि नयाँ समीकरण बनाएर अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ। यो समूहले वामपन्थीको सरकार बनाउनु पर्नेमा जोड दिँदै आएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












