बालुवाटारको एकलौटी निर्णयमा अड्कियो ओली र नेपाल समूहको धुम्बाराहिको वार्ता
काठमाडौं । नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र झलनाथ खनाल- माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ ।
विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो पटक औपचारिक वार्तामा बसेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी भएका थिए । वार्तामा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको पदाधिकारी हटाउने लगायतका एकलौटी निर्णय रद्ध हुनुपर्ने बताएका छन् ।
सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ मा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेताहरुले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौं’ उपाध्यक्ष भीम रावलले भनेका छन् ।
उनका अनुसार नेपाल समूहले दुबै पक्षले आफू खुसी गरेका सबै गतिविधि स्थगित गर्न समेत प्रस्ताव गरेको थियो । तर अध्यक्ष ओली २८ गतेको निर्णय स्थगित गर्न सहमत भएनन् ।
दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि फेरि छलफल गर्ने भन्दै नेताहरु छुट्टिएका छन् । तर कहिले छलफल गर्ने भन्ने टुंगिएको छैन । ‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ भेटमा सहभागी नेता रघजुी पन्तले भने ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












