प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि अब हुन्छ : प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको परिस्थिति पुष्टि हुने क्रममा रहेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेको आफू पक्षिय भेला डाकेर चियापान समारोह गरेका ओलीले यस्तो बताएका हुन् ।
‘भेट घाट पनि नभएको र विचार आदान प्रदान पनि हुन नपाएकोले संसद् पनि ठीक ढंगले नचलेको अवस्थामा हामी घेटघाट गरौँ, हल्का जलपान गरौं, चियापन गरौं भनेर बोलाइएको हो,’ ओलीले भने, ‘नयाँ परिस्थिति उत्पन्न भएको छ । केही मानिसहरुले राष्ट्रिय राजनीति नै विथोलेर असहज स्थितिमा पुर्याए ।’
संसद् पुनःस्थापना भए पनि बैठक चल्न नसकेको भन्दै उनले माओवादी केन्द्रप्रति टिप्पणी गरे । ‘अब प्रतिनिधि सभा विघटनको परिस्थति पुष्टि हुने अवस्थामा छ । किनभने संसद् पहिलो दिनदेखि आफैँले चल्न नदिने आफैँ बहिस्कार गर्ने । आफैँ व्यवधान खडा गर्ने । आफै नारा लगाउन स्थिति बनेको छ,’ उनले भने, ‘पहिलो बैठकमै अध्यादेश प्रस्तुत गर्नुपर्छ । त्यो सरकारलाई दिइएन । संविधान कार्यान्वयन गर्न दिइएन । कार्यान्वय गर्न व्यवधान गरियो ।’
उनले सभामुख अग्निप्रसाद सापकोटा संविधान कार्यान्वयनमा प्रतिबद्ध नदेखिएको आरोप पनि लगाए ।‘संविधानको कार्यान्वयप्रति सभामुखको प्रतिबद्धता रहनुपर्थ्यो । त्यो भन्दा पर भिन्न प्रकारका सेटिङबाट संविधानको कार्यान्वय हुन दिइएन’ ओलीले भने,‘संसदलाई कामकाजी बनाउन खोजिएको छ । निस्प्रभावी बनाउने चेष्टा भएको छ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












