केपी ओलीकै अहंकारका कारण समाजवाद यात्रामा धक्का पुग्यो : झलनाथ खनाल
ओलीले आफ्ना धुपौरे र आसोपासेलाई नियुक्त गर्ने काम मात्र गरे
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासेलाई नियुक्ति गर्ने काम गरेको आरोप लगाएका छन् ।
काठमाडौँमा खनाल-नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको बताएका हुन् ।
‘सामूहिक घोषणा पत्रलाई ओली सरकारले कुनै पनि पूरा गर्न सकेन । नेता र केन्द्रीय कमिटीसँग छलफल, विचार विमर्श गर्नु भएन,’ उनले भने, ‘भ्रष्टाचार व्यापक रुपमा बढेर गयो । स्वयं प्रधानमन्त्रीले त्यस्तालाई संरक्षण गर्ने कुरा अगाडि सार्न थाल्नु भयो । त्यसैले देशमा अन्यौंल बढ्दै गयो । ओलीले आफ्ना धुपौरे र आसोपासेलाई विभिन्न निकायमा नियुक्त गर्ने काम गर्नुभयो । पार्टीमा कुनै सल्लाह गर्नु भएन ।’
ओलीकै अहंकारका कारण समाजवादको दिशामा देशलाई अघि बढाउने काममा धक्का लागेको खनालको आरोप छ । ‘समाजवादको दिशामा अगाडि बढाउने सम्भावना पैदा भएको थियो । तर, त्यो सम्भावनालाई ओली नेतृत्वको सरकारले मनपरितन्त्र र अहंकारले ग्रस्त भएर आफ्नै खालका काम गर्न थाल्नुभो,’ उनले भने, ‘आफ्ना गुटका मान्छेलाई मात्रै राखेर क्याविनेट बनाइयो । प्लानिङ कमिसन पनि त्यसरी नै बन्यो । तीन वर्षका नीति र कार्यक्रममा कुनै सरसल्लाह रहन सकेन ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












