‘मुड फ्रेस’ गर्न प्रचण्ड परिवारसहित सिन्धुलीमा
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘मुड फ्रेस’ का लागि सिन्धुली आइपुगेका छन्।
पछिल्लो समय फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति तातिरहेका बेला बुधबार पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड ‘मुड फ्रेस’ का लागि परिवारसहित सिन्धुली आइपुगेका हुन्।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार जिल्लामा कुनै औपाचारिक कार्यक्रम नभए पनि प्रचण्ड मुड फ्रेसका लागि सिन्धुली आएका हुन्। ‘सिन्धुलीमा कुनै त्यस्तो औपाचारीक कार्यक्रम त छैन। अध्यक्ष कमरेड मुड फ्रेस हुन, रि–फ्रेसका लागि सिन्धुली आउनु भएको हो,’ उनले भने।
अध्यक्ष प्रचण्डका साथमा प्रचण्ड पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत छन्। यस अघि राजनीति र परिवारमा तनाव हुँदा प्रायः सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटका रिसोर्टमा रि–फ्रेस हुन पुग्ने प्रचण्ड यस पटक सिन्धुलीमा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको निजी निवासमा बस्ने कार्यक्रम तय भएको छ।
फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज भएपछि प्रचण्ड नेपाली राजनीतिक घटना क्रममा थप तनावमा छन्।
प्रधानमन्त्री ओलीलाई हटाउन र नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँग तिव्ररुपमा छलफलमा जुटेका प्रचण्ड मंगलबार राष्ट्रपतिको आह्वानमा शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा पुगेका थिए।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन देशव्यापी विरोध कार्यक्रम भएका थिए। सोहीक्रममा प्रचण्ड फागुन १ गते सिन्धुलीको मरिणमा एक कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका थिए।
बिहीबार बिहान भने प्रचण्डले सिन्धुलीमाढीमा आफ्ना नेता कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम बनाइएको माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए।
उनले भने, ‘यो औपाचारिक कार्यक्रम भने होइन। तर, भोलि बिहान सिन्धुलीको रातमाटामा रहेको एक पार्टी प्यालेसमा बिहान ८ बजे अध्यक्ष प्रचण्डले जिल्लास्थित पार्टी कार्यकर्तासंग अनौपचारीक भेटघाट गर्ने कार्यक्रम भने तए भएको छ।’
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











