‘मुड फ्रेस’ गर्न प्रचण्ड परिवारसहित सिन्धुलीमा
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘मुड फ्रेस’ का लागि सिन्धुली आइपुगेका छन्।
पछिल्लो समय फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति तातिरहेका बेला बुधबार पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड ‘मुड फ्रेस’ का लागि परिवारसहित सिन्धुली आइपुगेका हुन्।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार जिल्लामा कुनै औपाचारिक कार्यक्रम नभए पनि प्रचण्ड मुड फ्रेसका लागि सिन्धुली आएका हुन्। ‘सिन्धुलीमा कुनै त्यस्तो औपाचारीक कार्यक्रम त छैन। अध्यक्ष कमरेड मुड फ्रेस हुन, रि–फ्रेसका लागि सिन्धुली आउनु भएको हो,’ उनले भने।
अध्यक्ष प्रचण्डका साथमा प्रचण्ड पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत छन्। यस अघि राजनीति र परिवारमा तनाव हुँदा प्रायः सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटका रिसोर्टमा रि–फ्रेस हुन पुग्ने प्रचण्ड यस पटक सिन्धुलीमा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको निजी निवासमा बस्ने कार्यक्रम तय भएको छ।
फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज भएपछि प्रचण्ड नेपाली राजनीतिक घटना क्रममा थप तनावमा छन्।
प्रधानमन्त्री ओलीलाई हटाउन र नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँग तिव्ररुपमा छलफलमा जुटेका प्रचण्ड मंगलबार राष्ट्रपतिको आह्वानमा शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा पुगेका थिए।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन देशव्यापी विरोध कार्यक्रम भएका थिए। सोहीक्रममा प्रचण्ड फागुन १ गते सिन्धुलीको मरिणमा एक कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका थिए।
बिहीबार बिहान भने प्रचण्डले सिन्धुलीमाढीमा आफ्ना नेता कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम बनाइएको माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए।
उनले भने, ‘यो औपाचारिक कार्यक्रम भने होइन। तर, भोलि बिहान सिन्धुलीको रातमाटामा रहेको एक पार्टी प्यालेसमा बिहान ८ बजे अध्यक्ष प्रचण्डले जिल्लास्थित पार्टी कार्यकर्तासंग अनौपचारीक भेटघाट गर्ने कार्यक्रम भने तए भएको छ।’
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












