‘पुनःस्थापनापछि संसद जुन ढंगले अगाडि बढ्न खोजेको छ, शुरूका बैठकले राम्रो संकेत गरेनन्’: मन्त्री ज्ञवाली
काठमाडाैँ । परराष्ट्र मन्त्री एवं नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले संसद् भित्रबाट निकास खोज्न आग्रह गरेपनि प्रतिनिधि सभाका शुरूका बैठकले राम्रो संकेत नगरेको बताएका छन् ।
यद्यपि सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेरै जाने उनले बताए । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका तर्फबाट दलीय प्रतिनिधित्व गर्दै मन्त्री ज्ञवालीले फैसला अनुकूल आउँदा विजयोत्सव र प्रतिकूलता आउँदा झोक्राएर नबस्ने बताएका हुन् ।
‘हाम्रो पार्टी र वर्तमान सरकार विधिको शासन र संविधानको सर्वोच्चतामा विश्वास गर्छ, सरकारको दृष्टिकोण ताजा जनादेश उपयुक्त हुन्छ, जनताको अभिमत लिएर समस्या समाधान गर्न उपयुक्त हुन्छ भन्ने थियो । सर्वोच्चको फैसलाअनुसार संघीय संसदबाट राजनीतिक निकास खोज्न बाध्यात्मक स्थिति पैदा भएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘प्रतिनिधि सभा पुनःस्थापनापछि जुन ढंगले अगाडि बढ्न खोजेका छौं, शुरूको बैठकले राम्रो संकेत गरेनन् ।’
संसदीय व्यवस्थाको मूल मान्यता पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्ने भएपनि अवरोध गरिएकोमा सरकारको असन्तोष प्रकट गरे ।
‘संसद् बैठक नचलेको अवस्थामा अध्यादेश ल्याउने र पहिलो बैठकमा अध्यादेश पेश गर्ने परम्परा हो । एसिड आक्रमणविरुद्ध कडा कारवाहीका लागि ल्याइएको अध्यादेश र कोरोनाको खोप परीक्षणसम्बन्धी अध्यादेश पेश गर्न पाइएन, यो दुखको विषय हो’ ज्ञवालीले भने ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












