अहिले एमालेको दुईटै हातमा लड्डु छ : सञ्चारमन्त्री गुरुङ
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ नेकपा (एमाले) को दुईटै हातमा लड्डु रहेको बताएका छन्।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सरकार अहिले स्पष्ट बहुमतको सरकार भएकोले कसैसँग अनुचित सम्झौता गर्नु नपर्ने बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन कुनै पनि खालको अनुचित सम्झौता गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे।
सरकारलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो विस्वासको मत कायमै राखेकोले सरकार टिक्नको लागि वा टिकाउनको लागि कसैसँग अनुचित सम्झौता नगर्ने उनले बताए।
‘अहिले हाम्रो पार्टी नेकपा एमालेको निम्ति दुइटै हातमा लड्डु छ। सरकारमा रहँदा पनि तीन वर्षसम्म सुरुवात गरेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ राष्ट्रिय अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन्, ती आयोजना पुरा गर्न सरकारलाई अवसर छ’ उनले भने, ‘विपक्षी दलहरु मिलेर सरकारविरुद्ध अविस्वासको प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहँदा प्रमुख प्रतिपक्षी दल बनेर पुनः फेरि आगामी निर्वाचनको तयारी गर्ने अवसर आउनेछ र हामी फेरि स्पष्ट बहुमतका साथ सिंहदबारको गेटबाट प्रवेश गर्नेछौं।’
उनले नेपाल ‘खुशी’ को सूचकांकमा दक्षिण एसियामै पहिलो नम्बरमा रहेको भन्दै यस्तै ‘गुड न्युज’ अझ धेरै रहेको दाबी गरे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












