ढकमक्क साकुरा (फोटो फिचर)
एजेन्सि । वसन्त ऋतुको आगमन । जापानका बाटैभरि फूलेका साकुरा । साकुरामा थकान मेट्न आएका मान्छेहरू ।
महिनौँको कामबाट केही समय छुट्टीमा भुल्न आउँछन् थुप्रै मान्छेहरू उही साकुरा फूलसँग । साकुराले बाटैभरि छुट्टै सौन्दर्यले भरेको छ । थकान मेट्न आएका मान्छेहरूलाई उस्तै दिएको छ मिठास बास्ना पनि ।
मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो, पार्क, घर अगाडीका बगैँचाहरू राता र सेतो साकुरा (पैँयु) फूलले सेताम्मे र राताम्मे देखिन्छन् । साकुरा जापानको राष्ट्रिय फूल हो । नेपालको पैयुँ फूल देखेका आँखा जापानमा आएर साकुरा देखेपछि मन खुशी हुन्छ ।
यहाँ साकुरा फूल्ने बेला ठुलो उत्सव जस्तै लाग्छ । मान्छेहरू पार्कमा साकुराको रुखको फेदमुनि बसेर जम्मा हुने खाना/खाजा लगेर खाने, दु:ख सुख साटासाट गर्ने गर्दछन् । यसलाइ जापानीमा हानामी भनिन्छ । हानामी भनेको फूलहरूको अवलोकन गर्नु हो ।
जापानको नयाँ शैक्षिक शत्रसँगै नयाँ कम्पनीमा कामदारको काम सुरु हुने पनि अप्रिलबाट भएकोले नयाँ शैक्षिक शत्र सुरु गर्न लागेका विद्यार्थीहरू, नयाँ कम्पनीमा काम सुरु गर्न लागेका कामदारहरू पनि मौसम र फूल जस्तै खुशी देखिन्छन् । अभिभावक साथी भाइसँगै हानामीमा रमाउने गर्छन् । साकुराको रुखमुनि बसेर खानेकुरा खायो भने वर्ष नै खुशी र उत्सव हुने भनाइ पनि छ । भेटघाट जमघटको अवसर पनि बन्छ हानामी ।
जापानीहरूले साकुरा फूलला२ आन्तरिक र बाह्य पर्यटक भित्र्याउने राम्रो माध्यम पनि बनाएका छन् । यो समय विदेशी पर्यटकहरू साकुरा हेर्न र साकुरासँग फोटो खिच्न घुइचो नै लाग्ने गर्छ । चीन, कोरिया, थाइ, भियतनाम, म्यानमारलगायत थु्प्रै देशबाट साकुरा हेर्न पर्यटक आउने गर्छन् । साकुरा फूलको आयु दुई हप्तादेखि तीन हप्तासम्मको मात्र हुन्छ ।
टोकियोको उएनो, हिरोशिमाको मियाजिमा टापु, हिरोसाकी कासल पार्क, हानमियामा, सिन्जुकु ग्योएन, मारुयाना क्योतो, केमा साकुरोनोमियालगायतका ठाउँ साकुरा फूल्ने बेला बढि भिड हुने ठाउँको रुपमा चिनिन्छ ।
साकुराको माइती नेपाल पनि भन्ने गर्दछन् । नेपालबाट नै साकुरा आएको हो भन्ने इतिहास नभए पनि साकुरा हिमाली देशबाट आएको जापानीहरू बताउँछन् । साकुरा मार्च र अप्रिल महिनामा फूल्ने भए पनि अचेल नोभेन्बर र डिसेम्बर महिनामा फूल्ने साकुराको बिरुवा बढ्दै गएको छ । त्यो साकुराको नाम हिमालय साकुरा राखेका छन् ।
नेपालबाट टोक्यो विश्वविद्यालयमा अध्ययन गर्न आएको बेला तत्कालिन राजा वीरेन्द्र शाहले १९६८ मा आतामी सहरमा कोसेली स्वरुप बिरुवा दिएका थिए । सोहि हिमालय साकुराको बिरुवा नै ठाउँमा लगाइएको जापानीहरू बताउँछन् । केहि समय अघि वीरेन्द्रले उपहार पठाएको साकुरा आतामीमा फूल्यो भनेर जापानी मिडियाले पनि समाचार प्रकाशित गरेका थिए । मार्च महिनामा मात्र नभएर साकुराको रौनक र सौन्दर्यता पर्यटक आकर्षण गर्न जाडो मौसममा फूल्ने हिमालय साकुराको पनि पछिल्लो समय बिरुवा बढाउँदै लगेका छन् ।
फूललाई हेरेर कविले कविता, गीतकारले गीत, गजलकारले गजल लेख्छन् । यतिबेला जापानका बाटो गल्ली पार्क निकै सुन्दर देखिएका छन् । कोरोना कारण उल्लास भिडभाड नभए पनि बाटोमा हिँड्दा देखिने साकुरा हेरेर यस वर्षको हानामी मनाउन सरकारले अनुरोध गरेको छ । कोरोनाका कारण सकेसम्म धेरै साकुरा फूल्ने ठाउँमा भिड नगर्न अनुरोध समेत गरेको छ ।
जापानका नेपालीहरू पनि नेपालीहरू साकुरा फूलसँगै रमाउने गर्छन् । पैयुँ र लालिगुँरास फूल्दा त नेपालको यादहरू झन बढाइदिने नेपालीहरू बताउँछन् । फूलहरूको उत्सवले पर्यटक तान्ने बलियो आधार बनाएको जापानबाट नेपालले पनि देशको पैँयु र लालिगुँरासले पर्यटक तान्न सक्छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












