ज्योति लाइफको आइपिओ आज बाँडफाँट हुँदै, १२ लाखको हात खाली हुने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपिओ बाँडफाँटको तयारी छ।
कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपिओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिने छ।
कम्पनीको आइपिओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन्। आइपिओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीको आइपिओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ।
मागभन्दा ६ दशमलब ५६ गुणा आवेदन परेको यस कम्पनीको आइपिओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन्।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












