एमाले संसदीय दलको बैठकमा नेपाल-खनाल पक्ष सहभागी हुने
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपराह्न ३ बजे बेठक बोलाएका छन्।
पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष पनि सहभागी हुने भएको छ। तर‚ कति जना सहभागी हुने भन्ने अझै टुंगो लागिनसकेको सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए। बैठकमा स्थायी कमिटी सदस्यहरु नजानले सम्भावना रहेको पाण्डेको भनाइ छ। यसबारे केन्द्रीय कमिटीको बैठकपछि टुंगो लाग्ने उनले बताए।
वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आज बिहान ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसअघि बालुवाटारमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रका योजनाहरु पेश गर्न निर्देशन दिने बताइएको छ। यसबाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्।
फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिँदै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो। त्यसपछि एमाले अध्यक्ष ओलीको विभिन्न गतिविधि र निर्णयप्रति असहमति जनाउदै खनाल–नेपाल पक्षले पनि समानान्तर गतिविधि गर्दै आएको छ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












