काठमाडौंको आकाश धुम्म, आज पनि प्रदूषण नघट्ने
काठमाडौं । काठमाडौंमा आज पनि प्रदूषणको मात्रा नघट्ने भएको छ ।
मौसमी प्रणालीमा फेरबदल नहुने भएकाले शुक्रबार र शनिबार जस्तै आज पनि प्रदूषणको मात्रा हावामा उच्च रहने छ ।
“विगत दुईदिनको जस्तै आज पनि वायुमा प्रदूषणको मात्रा नघट्ने देखिएको छ । सोमबार साँझसम्म यो कायम रहने छ,” मौसमविद् शान्ति कणेल भन्छिन्, “भोलि साँझबाट भने प्रदूषणको मात्रा केही कम हुने हाम्रो अनुमान छ ।”
सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी मौसमी प्रणाली भित्रिए पछि सोमबार साँझबाट प्रदूषण केही कम हुने उनको भनाइ छ ।
काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १५ सय मिटर छ । यो दिउँसो एक हजार मिटरमा झर्न सक्ने मौसमविद् कणेलले जानकारी दिइन् ।
“प्रि–मनसुनको समयमा पानी पर्न नसक्दा मौसम यस्तो हुन्छ । गत दुई वर्ष पनि यस्तो भएको थियो,” मौसमविद् मञ्जु वासी भन्छिन् । जाडो मौसममा पारदर्शिता ५० मिटरसम्म पनि हुन्छ तर त्यो वायुमा पानीका कणहरु भएका कारण हुने र त्यसलाई कुहिरो, कुहिरो अथवा सितलहर भनिने उनको भनाइ छ ।
सामान्य समयमा वायुको पारदर्शिता १० किलोमिटरभन्दा धेरै हुन्छ । विहान वायुको पारदर्शिता कम हुनुको कारण वायुमा पानीको कण भएकाले हुने तर दिउँसो भने प्रदूणका कारण हुने मौसमविद् मञ्जु बताउँछिन् ।
“काठमाडौं उपत्यका भएकाले माथिल्लो वायुमण्डलले तल्लो वायु मण्डललाई असर गरिरहेको हुन्छ । माथिल्लो भागमा मोस्चर छ तर तल्लो भागमा छैन । त्यसैले तलको हावा माथि जान पाउँदैन । त्यसैले तलको हावा तलै हरनुपर्दा काठमाडौंमा अहिलेको अवस्था आएको हो,” उनी भन्छिन्, “काठमाडौं उपत्यका बाहिर पनि अहिले भिजिविलिटी न्यून नै रहेको छ ।”
हावामा प्रदूषणको मात्रा उच्च रहेकाले अहिले धेरैले आँखा पोलिरहेको अनुभूत गरिहेको उनी वातावरण विभागका उप–महानिर्देशक तथा प्रवक्ता इन्दू विक्रम जोशी बताउँछन् । प्रि–मनसुनमा पानी नपर्दा यस्तो हुने गरेको उनको भनाइ छ ।
काठमाडौंमा डिजेल, मट्टीलेत, प्लाष्टिक बाल्ने तथा धेरै सवारी साधनको प्रयोगका कारण वर्सेनि यो समस्या झेल्नु परेको प्रवक्ता जोशी बताउँछन् । “प्रि–मनसुनमा १० प्रतिशत मात्रै कम सवारी साधन चलाउने हो भने वायु प्रदूषण हुँदैन । सरकारले यसतर्फ सचेत हुनुपर्ने देखिएको छ ।”
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












