काठमाडौंको आकाश धुम्म, आज पनि प्रदूषण नघट्ने
काठमाडौं । काठमाडौंमा आज पनि प्रदूषणको मात्रा नघट्ने भएको छ ।
मौसमी प्रणालीमा फेरबदल नहुने भएकाले शुक्रबार र शनिबार जस्तै आज पनि प्रदूषणको मात्रा हावामा उच्च रहने छ ।
“विगत दुईदिनको जस्तै आज पनि वायुमा प्रदूषणको मात्रा नघट्ने देखिएको छ । सोमबार साँझसम्म यो कायम रहने छ,” मौसमविद् शान्ति कणेल भन्छिन्, “भोलि साँझबाट भने प्रदूषणको मात्रा केही कम हुने हाम्रो अनुमान छ ।”
सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी मौसमी प्रणाली भित्रिए पछि सोमबार साँझबाट प्रदूषण केही कम हुने उनको भनाइ छ ।
काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १५ सय मिटर छ । यो दिउँसो एक हजार मिटरमा झर्न सक्ने मौसमविद् कणेलले जानकारी दिइन् ।
“प्रि–मनसुनको समयमा पानी पर्न नसक्दा मौसम यस्तो हुन्छ । गत दुई वर्ष पनि यस्तो भएको थियो,” मौसमविद् मञ्जु वासी भन्छिन् । जाडो मौसममा पारदर्शिता ५० मिटरसम्म पनि हुन्छ तर त्यो वायुमा पानीका कणहरु भएका कारण हुने र त्यसलाई कुहिरो, कुहिरो अथवा सितलहर भनिने उनको भनाइ छ ।
सामान्य समयमा वायुको पारदर्शिता १० किलोमिटरभन्दा धेरै हुन्छ । विहान वायुको पारदर्शिता कम हुनुको कारण वायुमा पानीको कण भएकाले हुने तर दिउँसो भने प्रदूणका कारण हुने मौसमविद् मञ्जु बताउँछिन् ।
“काठमाडौं उपत्यका भएकाले माथिल्लो वायुमण्डलले तल्लो वायु मण्डललाई असर गरिरहेको हुन्छ । माथिल्लो भागमा मोस्चर छ तर तल्लो भागमा छैन । त्यसैले तलको हावा माथि जान पाउँदैन । त्यसैले तलको हावा तलै हरनुपर्दा काठमाडौंमा अहिलेको अवस्था आएको हो,” उनी भन्छिन्, “काठमाडौं उपत्यका बाहिर पनि अहिले भिजिविलिटी न्यून नै रहेको छ ।”
हावामा प्रदूषणको मात्रा उच्च रहेकाले अहिले धेरैले आँखा पोलिरहेको अनुभूत गरिहेको उनी वातावरण विभागका उप–महानिर्देशक तथा प्रवक्ता इन्दू विक्रम जोशी बताउँछन् । प्रि–मनसुनमा पानी नपर्दा यस्तो हुने गरेको उनको भनाइ छ ।
काठमाडौंमा डिजेल, मट्टीलेत, प्लाष्टिक बाल्ने तथा धेरै सवारी साधनको प्रयोगका कारण वर्सेनि यो समस्या झेल्नु परेको प्रवक्ता जोशी बताउँछन् । “प्रि–मनसुनमा १० प्रतिशत मात्रै कम सवारी साधन चलाउने हो भने वायु प्रदूषण हुँदैन । सरकारले यसतर्फ सचेत हुनुपर्ने देखिएको छ ।”
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












