पत्रकार महासंघमा पाँचजना अध्यक्षका उमेदवार, कुन पदमा कति उमेदवार (सूचीसहित)
काठमाडाैँ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन।
महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते निर्वाचन हुँदै छ।
त्यसका लागि दलीय गठनबन्धनसहित पत्रकारहरूले विभिन्न पदका लागि उम्मेदवारी दिएका हुन्।
निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै तर्फबाट रामप्रसाद दाहाल पनि अध्यक्षमा उठेका छन्। महासंघलाई राजनीतिक दलको कब्जामा जान नदिने भन्दै उनले उम्मेदवारी दिएको हुन्।
यसैगरी स्वतन्त्रतर्फबाट गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा युनियनले रमेश विष्टलाई उठाएको छ भने युनियनबाटै रामजी दाहाल उम्मेदवार बनेका छन्।
त्यस्तै एमालेको नेपाल पक्षधर प्रेस चौतारीका ध्रुव लम्सालले वरिष्ठ उपाध्यक्षका लागी उम्मेदवारी दिएका छन्। यसैगरी सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले प्रेस चौतारीको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएकी छन्।
पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम उठेका छन्। तर सोही गठबन्धनबाट रेमबहादुर विश्वकर्मा र शीतल महतोले पनि समावेशी उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
यसैगरी महासचिवमा गठबन्धनबाट प्रेस सेन्टरका रोशन पुरी उम्मेदवार बनेका छन् भने युनियनबाटै राजेश मिश्र पनि उठेका छन्। त्यस्तै सुवोध गौतमले पनि महासचिवमा उम्मेदवारी दिएका छन्।
प्रेस युनियनका नकुल अर्यालले खुलातर्फ सचिवमा उम्मेदवारी दिएका छन्। यस्तै गठबन्धनबाट माधव नेपालपक्षीय चौतारीका गोविन्द चौलागाईंले उम्मेदवारी दिएका छन्। खुला सचिवमा जन्मदेव जैसी, यम विरहीले पनि उम्मेदवारी दिएका छन्।
पोखरेल प्यानलबाट सिर्जना अर्यालले महिला सचिवमा बागी उम्मेदवारी दिएकी छन्। सोही प्यानलबाट नारायण किलम्बुले आदिवासी जनजाति सचिवमा उम्मेदवारी दिएका छन्।
सोही प्यानलबाट दीपेन्द्र चौहान, देवकुमार यादव र प्रवीण चौधरीले त्यस्ते मधेसी सचिवमा उम्मेदवारी दिएका छन्।
गठबन्धनले हेमकर्ण विकलाई दलित सचिवको उम्मेदवार बनाएको छ तर गणेश विक, गोपाल बराइली, मानसिंह विकले पनि उम्मेदवारी दिएका छन्।
प्रेस युनियनकै केपी ढुंगाना, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहालले एसोसियट सचिवमा उम्मेदवारी दिएका छन्।
गठबन्धनबाट प्रेस युनियनका कलेन्द्र सेजुवालले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै प्रकाश थापा, माधव दुलाल, दिलिप पौडेल पनि सोही पदको उम्मेदवार बनेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












