प्रधानमन्त्री ओली थ्री नेसन्स कपको फाइनल हेर्न रंगशाला जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।
सोमबार दिउँसो नेपाल र बंगलादेशबीच फाइनल प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने अखिल नेपाल फुटबल महासंघ(एन्फा) का प्रवक्ता किरण राईले बताए । ‘प्रधानमन्त्रीज्यू सवा ५ बजे रंगशाला आइपुग्ने कार्यक्रम छ । उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ,’ प्रवक्ता राईले भने ।
नेपाल र बंगलादेशबीचको फाइनल बेलुकी साढे ५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् । नेपालले बंगलादेशविरुद्ध २२ वर्षअघि फाइनल खेल्दा प्रशिक्षक बालगोपाल महर्जन टिमका मिडफिल्डर थिए ।
दशरथ रंगशालामै भएको सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) को त्यो फाइनलमा घरेलु टिमलाई १–० ले निराश पार्दै बंगलादेशले स्वर्ण पदक लगेको थियो । पहिलो साफ गेम्स (१९८४) को फाइनल भेटमा भने नेपालले बंगलादेशलाई ४–२ ले पन्छाउँदै स्वर्ण चुमेको थियो ।
नेपालले उपाधिविहीन यात्रालाई २३ वर्षमा टुंग्याउँदै २०१६ मा ढाकामा बंगबन्धु गोल्डकप जित्दाका प्रशिक्षक पनि हुन् महर्जन । उनले नेपाली टिमलाई साफ यू–१९ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (यू–२३) को उपाधि पनि जिताएका थिए
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












