नेपाललाई खोप हस्तान्तरणपछि चीनले भन्यो, ‘हामी राष्ट्रपतिको बचन पूरा गर्न प्रतिबद्ध छौं’
काठमाडाैँ । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो अवसरमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आफूहरु राष्ट्रपतिको बचन पूरा गर्नका लागि प्रतिबद्ध भएको बताएकी छिन् । साथै, भ्याक्सिनको यो खेपमा चिनियाँ जनताको नेपाली जनताप्रति गहिरो मैत्रिपूर्ण भावना समेटिएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘यो दुई व्यक्तिको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हो जसले एक अर्कालाई विषम परिस्थितिमा सहयोग गर्ने गर्छन् । यस्तै, यसले चीन–नेपाल रणनीतिक सहकारी साझेदारीको उच्च प्रदर्शनसमेत गर्दछ ।’
यो क्रममा हाउ यान्छीले राष्ट्रपति शी जिनपिङले गरेको बाचा पनि सम्झिएकी छिन् । यान्छीका अनुसार जिनपिङले चीनमा उत्पादन गरिएको भ्याक्सिन उपलब्ध हुने बित्तिकै विकासशील राष्ट्रलाई प्रदान गरिने बचन दिएका थिए । उनी भन्छिन्, ‘हामी राष्ट्रपति शीको बचन पूरा गर्न प्रतिबद्ध छौं । महामारीविरुद्ध अन्तरराष्ट्रिय सहयोगको सक्रिय सञ्चालनका निमित्त अन्तरराष्ट्रिय खोप अभियानलाई प्रोत्साहित गर्नका लागि एक प्रतिबद्ध फ्रन्ट–रनरको रुपमा काम गर्दै सबैका लागि समान खोप वितरणमा हाम्रो प्रतिबद्धता छ । ’
चीनले नेपाललगायत अन्य ८० देशमा कोभिड–१९ को भ्याक्सिन अनुदान स्वरुप दिनेछ । तत्कालका लागि चीनले ४३ देशलाई खोप निर्यात गर्दैछ । हाउ यान्छीले भनिन्, ‘चीनले कोभ्याक्ससँग पनि सहकार्य गरेको छ । यसमार्फत् चीनले सुरुवाती चरणमा १ करोड डोज विकाशशील राष्ट्रलाई प्रदान गर्नेछ ।’
यसपटकको खेप सिनोफार्मले उत्पादन गरेको हो । उनले भनिन्, ‘यो खोप ८० प्रतिशत बढी प्रभावशाली छ । यसको एन्टीबडीलाई निष्क्रिय गर्ने सकारात्मक रुपान्तरण दर ९९.५२ प्रतिशत रहेको । साथै यो गम्भीर मामिलालाई रोक्न शत प्रतिशत प्रभावकारी छ ।’
हाउ यान्छीका अनुसार १० करोड बढी चिनियाँ भ्याक्सिन घरेलु तथा अन्तरराष्ट्रिय स्तरमा प्रयोग भइसकेका छन् ।
हाउ यान्छी भन्छिन्, ‘नेपालले दोस्रो लहरको कोरोना संक्रमण रोक्नका लागि आवश्यक उपाय अपनाइरहेको छ । यो खेपले नेपाल सरकारको खोप अभियानमा सहयोग गरी महामारीमाथि नियन्त्रण पाउन र देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने कुरामा हामी आशावादी छौं ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












