`कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ सागर पण्डितलाई
काठमाडौं । रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् ।
सो अवसरमा १ लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै, रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो ।
‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा.नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो । सो पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । त्यस्तै, २५ हजार राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट ताजा खबर साप्ताहिकका सम्पादक इश्वरीप्रसाद वाग्ले, ‘सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी, ‘उमासिंह स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार विनु सुवेदी, ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’बाट रिपोटर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानति भएका छन् । ती पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
यस्तै, २० हजार राशिको ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ एविसी टेलिभिजनका पत्रकार अनन्त अनुरागलाई प्रदान गरियो । ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’बाट राससका उपसम्पादक एवम् अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी सम्मानित भए । त्यस्तै ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, दामन पोस्ट साप्ताहिकका सम्पादक शान्तराम बिडाँरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, नेपाल पुकार टेलिभिजनका सम्पादक प्रकाशचन्द्र दाहाल, न्यूज एजेन्सी नेपालका क्यामरा पर्सन देवानन्द शिल्पकार, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा, डेमोक्रेसी साप्ताहिकका सम्पादक गणेश खड्कालगायत सम्मानित भएका छन् । ती पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले मुलकमा अस्थिरता निम्त्याउने खोज्ने प्रवृत्तिलाई परास्त गर्दै केपी शर्मा ओलीको नेतृत्वमा मुलुकले अहिले सही दिशा समातेको बताए । पत्रकारिता र राजनीति जनतासँग सम्बन्धित हुनुपर्नेमा जोड दिँदै उनले राजनीतिज्ञ र सञ्चार जगतले जनताको मनोविज्ञान बुझेर आफ्ना गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए । राजनीति र पत्रकारिता क्षेत्रमा विकृति र विसंगति देखिन थालेको भन्दै उनले जनतामा विश्वासको सङ्कट आउन नदिन सचेत बन्नुपर्ने बताए । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनलाई निष्कर्षमा पुर्याउन सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रसंशा गरे । रिपोटर्स क्लबले आवाजविहीनको आवाजलाई मुखारित गरेको भन्दै उनले आगामी दिनमा जनताको पक्षमा कलम चलाउन आग्रह गरे ।
पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतासँग गरेको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । “अब नेपालीले अधिकारका लागि आन्दोलन गर्नु नपर्ने अवस्था आउँला भन्ने थियो”, उनले भने, “संघीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, प्रेस स्वतन्त्रताको प्रत्याभूतिको मामलामा सरकार पछि हटेको छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक परिवर्तनका यात्रामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । क्लबका अध्यक्ष ऋषि धमलाले मुलुकको विकास र समृद्धिको यात्रामा क्लबले सधैँ सरकारलाई सहयोग गर्दै आएको बताए । पत्रकारिताको माध्यमबाट आफूले मुलुक र जनताको पक्षमा काम गर्दै आएको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











