`कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ सागर पण्डितलाई
काठमाडौं । रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् ।
सो अवसरमा १ लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै, रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो ।
‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा.नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो । सो पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । त्यस्तै, २५ हजार राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट ताजा खबर साप्ताहिकका सम्पादक इश्वरीप्रसाद वाग्ले, ‘सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी, ‘उमासिंह स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार विनु सुवेदी, ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’बाट रिपोटर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानति भएका छन् । ती पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
यस्तै, २० हजार राशिको ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ एविसी टेलिभिजनका पत्रकार अनन्त अनुरागलाई प्रदान गरियो । ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’बाट राससका उपसम्पादक एवम् अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी सम्मानित भए । त्यस्तै ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, दामन पोस्ट साप्ताहिकका सम्पादक शान्तराम बिडाँरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, नेपाल पुकार टेलिभिजनका सम्पादक प्रकाशचन्द्र दाहाल, न्यूज एजेन्सी नेपालका क्यामरा पर्सन देवानन्द शिल्पकार, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा, डेमोक्रेसी साप्ताहिकका सम्पादक गणेश खड्कालगायत सम्मानित भएका छन् । ती पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले मुलकमा अस्थिरता निम्त्याउने खोज्ने प्रवृत्तिलाई परास्त गर्दै केपी शर्मा ओलीको नेतृत्वमा मुलुकले अहिले सही दिशा समातेको बताए । पत्रकारिता र राजनीति जनतासँग सम्बन्धित हुनुपर्नेमा जोड दिँदै उनले राजनीतिज्ञ र सञ्चार जगतले जनताको मनोविज्ञान बुझेर आफ्ना गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए । राजनीति र पत्रकारिता क्षेत्रमा विकृति र विसंगति देखिन थालेको भन्दै उनले जनतामा विश्वासको सङ्कट आउन नदिन सचेत बन्नुपर्ने बताए । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनलाई निष्कर्षमा पुर्याउन सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रसंशा गरे । रिपोटर्स क्लबले आवाजविहीनको आवाजलाई मुखारित गरेको भन्दै उनले आगामी दिनमा जनताको पक्षमा कलम चलाउन आग्रह गरे ।
पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतासँग गरेको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । “अब नेपालीले अधिकारका लागि आन्दोलन गर्नु नपर्ने अवस्था आउँला भन्ने थियो”, उनले भने, “संघीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, प्रेस स्वतन्त्रताको प्रत्याभूतिको मामलामा सरकार पछि हटेको छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक परिवर्तनका यात्रामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । क्लबका अध्यक्ष ऋषि धमलाले मुलुकको विकास र समृद्धिको यात्रामा क्लबले सधैँ सरकारलाई सहयोग गर्दै आएको बताए । पत्रकारिताको माध्यमबाट आफूले मुलुक र जनताको पक्षमा काम गर्दै आएको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












