म्यानमारमा भएको सैन्य ‘कू’ विरुद्ध अखिल क्रान्तिकारीले गर्यो दूतावास घेराउ
काठमाडाैँ । म्यानमारमा भएको सैन्य ‘कू’ र नागरिकमाथि भएको दमनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल स्थित म्यानमारको दुतावास घेउरा गर्दै ज्ञापनपत्र बुझाएको छ ।
बुधबार अखिल क्रान्तिकारीले जुलुस सहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालको लागि म्यानमारको राजदूतावास घेराउ गर्दै सैन्य शासन विरुद्ध प्रर्दशन गरेको हो ।
दुतावास घेराउ गर्दै उनीहरुले ‘म्यानमारमा लोकतन्त्र बहाली गर,सैन्य नरसंहार बन्द गर,म्यानमारको सैन्य कू बन्द गर’ जस्ता नारा लगाएका छन् । म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै,लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दुतावास घेराउ गरेको हो । म्यानमारको जनताको पक्षमा,त्यहाँको स्वतन्त्रताको पक्षमा,त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दुतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
झन्डै आधा घण्टा दुतावास घेराउ र प्रर्दशनपछि क्रान्तिकारीका अध्यक्ष तामाङले म्यानमारमा भएको सैन्य कू को बिरोध,नागरिक अधिकार बाहालीलागि विश्वभरबाट दवाव र पर्दशन हुनुपर्ने बताए । उनले म्यानमारको दुतावासले आफ्नो प्रतिनिधि मार्फत ज्ञापन पत्र बुझेको उनले बताए ।
उनले भने–‘बर्मामा भईरहेको अमानवीय व्यवहारको बिरुद्धमा हामीले बिरोध गरेका हौं । दुतावासले हाम्रो ज्ञापन पत्र लिएको छ । अहिलेको २१ औं शताब्दीको समयमा पनि मानवअधिकारको चिरहरण गर्र्दै नागरिकहरूमाथि चरम दमन भएको छ । अखिल क्रान्तिकारीले जस्तै संसारभरीबाट म्यानमारको सैन्य कू र जनताको जमनको बिरोधमा उठ्न आवश्यक छ । हामी त्यहाँको लोकतन्त्रको पक्षमा,त्यहाँको नागरिकको पक्षमा छ ।’
गत माघ १९ मा म्यानमारको सेनाले निर्वाचनबाट आएको लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो । सैन्य कू को बिरोध गर्दै हालसम्म भएको नागरिक आन्दोलनमा सेनाले गरेको व्यापक दमनबाट ५ सय भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












