सरकारलाई लेखा समितिको निर्देशन : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्नू
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एक महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको वक्यौता निजी कम्पनीहरूसँग असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबारको बैठकले १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ एक महिनाभित्र असुल गर्न भनेको हो । विद्युत प्राधिकरणलाई ५६ वटा कम्पनीले वक्यौता रकम तिरेका छैनन् ।
‘लेखा समितिले गठन गरेको उपसमितिले बुझाएको प्रतिवेदनमा समावेश भएअनुसारको रकम एक महिनाभित्र असुल गर्न समिति सरकारलाई निर्देशन दिन्छ,’ सभापति भरतकुमार शाहले भने ।
वक्यौता रकमबारे अध्ययन गर्न सांसद मीनेन्द्र रिजाल संयोजकत्वमा २०७६, ५ साउनमा उपमसमिति गठन गरेको थियो । बैठकमा समिति सदस्य सूर्य पाठकले मिति तोकेरै अघि बढ्नुपर्ने मत राखेका थिए । ‘चैतमा हामीले समिति समक्ष प्रतिवेदन बुझायौँ, अब मिति तोकेरै अघि बढौँ,’ उनले भने ।
शक्तिको आडमा व्यवसायीहरूले प्राधिकरणलाई रकम नबुझाएको भन्दै ब्याजसहित रकम असुल्नुपर्ने धारणा सांसद प्रदीप यादवको थियो । ‘शक्तिको आडमा पैसा नबुझाउनेहरूसँग ब्याजसहित सरकारले पैसा उठाउनुपर्छ,’ उनले भने ।
सांसदहरूले सर्वसाधारणले रकम बुझाउन ढिलाइ गर्दा लाइन काट्ने तर व्यवसायीहरूले नियतवश रकम नबुझाउँदा कुनै कारबाही नगरिएको भन्दै आपत्ति जनाएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












