माओवादीलाई बाँस्कोटाको प्रश्न : समर्थन फिर्ता लिन किन नसकेको?
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार काम चलाउन रे? कसरी हुन्छ? समर्थन आफू गर्ने? समर्थन फिर्ता लिन नसक्ने? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने? कसरी कामचलाउ भयो? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ। राजनीतिको मैदान खुल्ला छ।’
उनले जनताको बीचमा जान सबैलाई स्वतन्त्र र जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ? भनेर प्रश्नसमेत गरेका छन्। उनले अहिले ताजा जनादेशमा जानुको विकल्प नभएको दाबी गरे। अहिलेको परिस्थितीलाई बुझेर प्रधानमन्त्रीले संसद भंग गरेको सुनाए।
‘ओली सरकारअगाडि नेपाली राजनीतिक राजनीतिको लागि मात्रै सीमित थियो। अहिले राष्ट्रिय स्वाधिनता र स्वाभिमान तथा राष्ट्रको एजेण्डामा परेको छन्। अहिले विकासको बहुआयामिक एजेण्डा बनेको छ। सुखी देश र समृद्धि देश निर्माण गर्नका लागि सरकारले ध्यान दिएको छ’ उनले प्रश्न गर्दै भने, ‘नेपालको राजनीतिक पार्टीहरू आखिर के चाहन्छ?’
विना मुद्धा र एजेण्डा सरकारको विरोधका लागि विरोध गर्नेहरुले जनतालाई आशा र भरोसा गर्न नसक्ने तर्क गरे। ‘विकास निर्माणमा नलाग्ने भए राजनीतिक दलको आवश्यकता किन? सांसद, मन्त्रीको कुर्सीमा बस्न’ उनले भने। संसारले गरेको परिवर्तनपछि देशको सम्भावना र चुनौतीलाई हेरेर लाग्नुपर्ने उनले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












