बिजनेस नदिएर संसद् काम छैन भन्ने सन्देश दिन खोजिएको छ : शशी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद् शशी श्रेष्ठले सरकारले संसद्लाई बिजनेस नदिएर संसद्को काम छैन, काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजिएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै श्रेष्ठले त्यो सन्देश केका लागि दिन खोजिएको हो? भन्ने प्रश्न गरिन्।
‘सरकारले बिजनेस नदिने अनि संसद् बिजनेसविहीन भएर अगाडि बढ्न नसक्ने अनि ताजा जनादेशबाट अर्को संसद्ले पनि यस्तै खालको गतिविधि गर्ने हो भने मुलुक अगाडि बढ्न सक्छ?,’ श्रेष्ठले सोधिन्।
श्रेष्ठले गत पुस ५ गते संविधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी एवं गैरजिम्मेवारीपूर्ण ढंगबाट संसद् विघटन भएको स्मरण गरिन्। ‘सम्पूर्ण नेपाली जनताको प्रयासबाट, यो असंवैधानिक हो, अर्काको देशको नजिर यहाँ दिने होइन, हाम्रो आफ्नै देशको मौलिकतामा यो सबै हुनुपर्दछ भनेर संसद् पुनःस्थापना भयो। त्यसपछि फागुन २३ गतेबाट सदन चलिरहेको छ। बैठक शोक प्रस्ताव पारित गर्ने, सामान्य प्रतिवेदन प्रस्तुत गर्नेमै अल्झिरहेको छ,’ श्रेष्ठको भनाइ छ।
उनले संसद् पुनःस्थापना भएर मात्रै नपुग्ने बताइन्। ‘संसद् बोलाउनुमात्रै सबै कुरा होइन। संसद् बोलाउनु भनेको संसद् चलाउनु पनि हो। संसद् चलाउनका लागि सरकारले अहिले बिजनेस दिइरहेको अवस्था छैन,’ उनले भनिन्।
संसद् चल्नका लागि सरकार नै अग्रसर हुनुपर्ने श्रेष्ठको भनाइ थियो। ‘अहिले पनि राष्ट्रियसभा र प्रतिनिधिसभामा गरेर ५५ वटा विधेयक छ,’ उनले भनिन्, ‘त्यतिमात्रै होइन। अध्यादेशहरु पनि ल्याइएका छन्। सुरुका दिनमा अध्यादेश सम्बन्धमा केही विमति भयो। त्यो संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा मात्रै विरोध भएको थियो। नीतिगत रुपबाट भन्दा मुलुक अध्यादेशबाट चलाउने होइन। संसद् नचलेको बेलामा मुलुकलाई अत्यन्तै आवश्यक पर्छ भने अध्यादेश ल्याउनसक्ने संवैधानिक प्रबन्ध छ। ल्याउन सकिन्छ। नसकिने होइन।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












