‘एकल नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन भने छलफल गर्नुपर्यो नि’
कांग्रेसको निर्णयलाई समर्थन गर्न सकिँदैन
काठमाडाैँ । जनता समाजादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले वैकल्पिक सरकारका विषयमा सामूहिक छलफल नगरी निर्णय गरेकाले कांग्रेसलाई तत्कालै सहयोग गर्न नसकिने बताएका छन् ।
आफ्नो नेतृत्वमा अरुको सहयोगबिना सरकार नबन्ने परिस्थितिमा एकलौटी निर्णय गरेर कांग्रेसले गल्ती गरेको उनको भनाइ छ ।
संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जब आफ्नो एकल नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन भने अरुसँग छलफल गर्नुपर्यो नि । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने आन्तरिक निर्णय गरेर गल्ती गर्यो । निर्णयपूर्व सामूहिक छलफल हुनुपर्थ्यो ।’
वैकल्पिक सरकार गठनका लागि जसपाले पार्टीभित्र छलफल गरेर निर्णय दिने उनले बताए । आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारी पक्षसँग वार्ता भइरहेको र जसले पार्टीको मागलाई प्राथमिकता दिन्छ, त्यसलाई समर्थन गर्ने उनको भनाइ थियो । ‘हाम्रो माग र मुद्दालाई जसले प्राथमिकता दिन्छ, त्यसलाई हामी समर्थन गर्छौँ,’ उनले भने ।
कांग्रेसले जसपाको माग पूरा गर्ने विषयमा छलफल गर्दै गठबन्धनको उम्मेदवारको विषयमा निर्णय लिनुपर्ने उनको मत छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












