प्रभु साहको टिप्पणी– एमालेको समेत मतबाट निर्वाचित सांसदमाथि प्रचण्डको प्रतिगामी हमला
काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले तत्कालीन एमाले र माओवादीको साझा घोषणापत्र र संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि प्रचण्डले प्रतिगामी हमला गरेको आरोप लगाएका छन् ।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहसहित माओवादीका चार प्रत्यक्ष निर्वाचित सांसदहरुको पद रिक्त गराउन माओवादी केन्द्रले संसद सचिवालयमा सूचना दर्ता गराएकोमा उनले यसलाई अनैतिक र प्रतिगामी हमला भनेका छन् ।
साहले विज्ञप्तिमार्फत निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु नांगो भएको टिप्पणी गरेका छन् ।
साहले भनेका छन्- आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने,नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख्नेहरुले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिप्रतिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन ।
एमाले केन्द्रीय सदस्य समेत रहेका साहले प्राविधिक र कानूनी आडमा संसद र जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि अनुचित हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य रहेको बताएका छन् ।
साहले माओवादी पार्टीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पनि सार्वजनिक गरेका छन् । चैत २ गते उनले अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाएको स्पष्टीकरणमा आफू पार्टी एकताको अभियानमै दृढतापूर्वक लागेको यो अभियानमा लाग्दा अमूक पार्टीको केन्द्रीय कमिटी सदस्य जस्ता कुरा गौण रहेको जनाएका छन् ।
माओवादीले मंगलवार संसद सचिवालयमा लेखराज भट्ट, टोपवहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको सूचनासहित सांसद पद खारेजीको निवेदन दर्ता गराएको छ ।
नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणमा साहकाे जवाफ
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












