नयाँ सरकार गठनलाई लिएर कांग्रेसले माओवादी र जसपासँग संयुक्त छलफल गर्ने
काठमाडौँ । नयाँ सरकार गठनलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त छलफल गर्ने भएको छ।
नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप खेपेको कांग्रेसले शुक्रबार दुई बजेपछि जसपा र माओवादीसँग बस्न लागेको हो।
स्रोतका अनुसार यी दुई पार्टीको अन्तिम निर्णय यस छलफलबाट लिने तयारी कांग्रेसले गरेको छ।
स्रोतले भन्यो,‘ सभापति देउवाले शुक्रबार जसपा र माओवादीसँग छलफल गर्ने तयारीमा हुनुहुन्छ। नयाँ सरकार गठनमै छलफल केन्द्रीत हुनेछ।’
यसैबिच देउवालाई बिहीबार माओवादी केन्द्रका प्रवक्त नारायणकाजी श्रेष्ठले भेटेर सरकार गठनमा ढिलाई नगर्न आग्रह गरेका छन्।
श्रेष्ठले भने,‘कांग्रेस सभापति देउवालाई जतिसक्दो सरकार गठनको नेतृत्व लिन सुझाव दिइएको छ। उहाँले छिटोभन्दा छिटो यो काम टुंग्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ।’
छलफलका क्रममा माओवादीले पहिले केपी ओली नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता लिनुपर्ने अडान देउवाले राखेका थिए।
श्रेष्ठले आफूहरुले सरकारको समर्थन जतिबेला पनि लिन सक्ने भएकाले त्यसमा ढुक्क हुन आश्वासन दिएका थिए।
अर्कोतिर माओवादीले जसपालाई मनाउने प्रयास जारी राखेको छ। शुक्रबार बिहान जसपाका उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठसँग छलफलको तयारी माओवादीले गरेको छ।
पार्टी कार्यक्रममा जनकपुरमा रहेका यादव बिहीबार साँझ मात्रै काठमाडौँ आउने भएका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












