‘नयाँ क्रान्तिको अभियान लिएर अगाडि जाने जमर्को गर्दैछौं’: प्रचण्ड
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ क्रान्ति र आन्दोलन अगाडि बढाइने बताएका छन्।
नयाँ अभियानसाथ अगाडि जाने जमर्को गरिरहेको उनले बताए।
‘म केन्द्रीय समिति बैठकको तयारीमा छु। एउटा नयाँ दस्तावेज लेख्नका लागि आन्दोलन र नीति, योजना र कार्यक्रम बनाउनका लागि तपाईंहरूले थुप्रै खजना र ऊर्जा मलाई दिनुभएको छ। यो ऊर्जा लिएर म काठमाडौं जाँदैछु। दस्तावेज तयार पार्दैछु,’ सुर्खेतमा बिहीबार भएको महिला भेलामा प्रचण्डले भने।
फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलन अगाडि बढाउने तथा नयाँ अभियान लिएर जाने जमर्को गरिरहेको उनले बताए।
‘फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलन अगाडि बढाउने नयाँ अभियान लिएर अगाडि जाने जमर्को हामी गर्दैछौं,’ उनले भने, ‘तपाईंहरूको प्रतिज्ञा नै तागत हो। हिजो हामीलाई मारेरै सक्न खोजियो। नेताका टाउकाका मूल्य तोकियो। हाम्रो आन्दोलन सिध्याउन खोजे र सकिएन।’
उनले प्रतिक्रियावादीहरूले हेप्न थालेको र उपलब्धि खोस्न खोजेको पनि बताए।
‘बाँकी जीवन जनताका लागि अन्तिम साससम्म लड्ने भनेर मैले घोषणा गरेको छु,’ उनले भने।
प्रतिक्रान्तितिर जाने हो भने त्यसविरूद्ध क्रान्तिको झण्डा उठ्ने उनले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












