तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्दैनौं : बास्तोला
काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत रहेको बताएका छन् ।
‘यो संसदीय राजनीतिक प्रणालीले निकास नदिने निश्चित छ,’ उनले भने,‘देशमा जुनखाले विध्वंस छ, राजनीतिक, आर्थिक सामाजिक अस्थिरता छ, यो हाम्रो उपस्थिति नभएकाले होइन, संसदीय व्यवस्थाको कारणले हो ।’ सबै मिलेर संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने उनले बताए ।
गोरखा सदरमुकाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको माग अनुसारको एजेन्डा स्थापित हुने बताए । ‘प्रचण्डले संसदीय व्यवस्थालाई उपयोग गर्दै क्रान्तिमा जाने कुरा गर्नुभयो, हामीले उपयोगको कुरा पनि गरेका छैनौं,’ उनले भने,‘यस्तो कुरा लेनिनको पालामा थियो, अहिले औचित्य सकिएको छ ।’ संसदीय पार्टीहरुको संघर्ष अहिले पनि चलिहरेको उनले बताए । संसद्वादी पार्टीको छलफल र बहस सुन्दा संसदीय दुस्चक्रको घेरा तोड्ने कुरा नसुनिएको बास्तोलाले बताए । ‘संसद् विघटन एकपकट भइसकेको छ, फेरि अर्को पटक अनिवार्यजस्तो देखिन्छ,’ उनले भने,‘उहाँहरुको संसदीय प्रणालीको यहींभित्र घुम्ने कुरामात्र छ, नयाँ प्रकारको समाधान र निकास दिने कुनै पनि तरिका छैन ।’
सम्मुन्नत प्रकारको राजनीतिक प्रणालीमा जानुपर्नेमा उनले जोड दिए । ‘यदि यो प्रणालीलाई सहज तरिकाले राजनीतिक पार्टीहरुले स्वीकार गर्न नसक्ने अवस्था हो भने फैसला गर्न नेपाली जनतालाई दिनुपर्छ, कुन तरिकाले फैसला गर्ने त भन्दा जनमतसंग्रहको प्रक्रियाबाट गरौं,’ उनले भने, ‘कस्तो प्रकारको राजनीतिक प्रणाली देशलाई चाहिन्छ त्यसको प्रचार सबैले गरुन्, संसद्वादी पार्टीहरुले अहिलेको दलाल पुँजीवादको कुरा गरुन्, हामी वैज्ञानिक समाजवादको कुरा लिएर जान्छौं, रोज्ने अधिकार जनतालाई दिउँ, एकचोटी होइन निरन्तर यो प्रक्रिया चलाउँ किनकि परिवर्तन जरुरी हुन्छ ।’
प्रतिबन्ध फुकुवापछि पार्टीका नेता कार्यकर्ता रिहाई र मुद्दाहरु खारेजीको प्रक्रिया चलिरहेको उनले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












