नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित लिमा अधिकारी को हुन ?
काठमाडौं । लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित भएकी छन् ।
अधिकारीलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आईतबार चेम्बर केन्द्रिय कार्यसमिती सदस्यमा मनोनित गरेका हुन् । यस्तै, अध्यक्ष मल्लले कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा चिन्तामणि न्यौपानेलाई मनोनित गरेका छन् ।अधिकारी र न्यौपानेलाई चेम्बरको विधान बमोजिम उक्त पदहरुमा मनोनित गरिएको हो ।
को हुन लिमा अधिकारी ?
लिमा अधिकारी उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरकी सचिव हुन । उनी व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आएकी छिन् । उनीसँग औद्योगिक एवम् राजनीतिक पृष्ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । खुलस्त रुपमा भन्नुपर्दा उनी पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीकी भातिजी हुन भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुन् ।
राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गरेकी हुन् । बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो । उनी विगत दुई दशक यता व्यवसायमा सकृय छिन् ।
हालसालै मात्र उनी नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् । त्यसो त पछिल्लो समय उनी समाजसेवामा पनि उत्तिकै सकृय छिन् । यस मानेमा उनी राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी हुन् । लिमाले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर सम्पादन गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












