नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित लिमा अधिकारी को हुन ?
काठमाडौं । लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित भएकी छन् ।
अधिकारीलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आईतबार चेम्बर केन्द्रिय कार्यसमिती सदस्यमा मनोनित गरेका हुन् । यस्तै, अध्यक्ष मल्लले कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा चिन्तामणि न्यौपानेलाई मनोनित गरेका छन् ।अधिकारी र न्यौपानेलाई चेम्बरको विधान बमोजिम उक्त पदहरुमा मनोनित गरिएको हो ।
को हुन लिमा अधिकारी ?
लिमा अधिकारी उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरकी सचिव हुन । उनी व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आएकी छिन् । उनीसँग औद्योगिक एवम् राजनीतिक पृष्ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । खुलस्त रुपमा भन्नुपर्दा उनी पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीकी भातिजी हुन भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुन् ।
राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गरेकी हुन् । बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो । उनी विगत दुई दशक यता व्यवसायमा सकृय छिन् ।
हालसालै मात्र उनी नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् । त्यसो त पछिल्लो समय उनी समाजसेवामा पनि उत्तिकै सकृय छिन् । यस मानेमा उनी राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी हुन् । लिमाले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर सम्पादन गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












