एमालेले ३२ सांसदलाई सोध्यो– तपाईंलाई पदबाट किन नहटाउने ? (पत्रसहित)
काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालपक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको छ । एमालेले मंगलबार सांसदलाई स्पष्टीकरण पत्र पठाएको हो ।
पत्रमा छुट्टै राजनीतिक दल गठन गरेकोले कारबाही किन नगर्ने भन्दै प्रश्न गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।
“नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले गरेको निर्णय अनुसार तपाईलाई उपरोक्त आधार कारणहरु समेतबाट तपाईले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (क) (१) (२) (३) (४) (५) (६) (७) (१२) (१४) मा उल्लिखित व्यवस्थाहरु विपरित अनुशासन उलंघन गर्नुभएको प्रष्ट देखिएकोले तपाईलाई ऐ विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन कार्वाही नगर्ने ? साथै राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा १(ग) वमोजिम तपाईले छुट्टै राजनैतिक दल गठन गरेको मा किन कारवाही नगर्ने ? र तपाईलाई संघीय संसदको सदस्य पदवाट किन नहटाउने ? आधार कारण सहित तीन दिन भित्र स्पष्टिकरण पेश गर्नुहुन निर्देशन गर्दछु,“ पत्रमा भनिएको छ ।
पत्रमा दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नु भएको हो ? गरिएको भन्दै प्रश्न पनि गरिएको छ । पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको उल्लेख छ ।

Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












