खनाल–नेपाल समूह अदालत जाँदै
काठमाडौं । ‘दल फुटाउन उद्यत’ रहेको भन्दै पार्टी संसदीय दलले स्पष्टीकरण पत्र थमाएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सर्वोच्च अदालत जाने भएको छ ।
राजनीतिक दलसम्बन्धी कानुन प्रतिकूल हुनेगरी र समानान्तर गतिविधिकै कारण सांसदहरूलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण पत्र काटिएको भन्दै सांसदहरू अदालत जान लागेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल–नेपाल समूहले कानुन व्यवसायीमार्फत् मुद्दा (उत्प्रेषणसम्बन्धी) दर्ता गर्न लागेको छ ।
“सांसदहरूलाई अनधिकृत हिसाबले पत्र काटिएको छ । हामीले दल त्याग गरेका पनि छैनौँ । ह्वीप उल्लंघन पनि भएको छैन,” एक नेताले भने, “हामीलाई बिनाकारण स्पष्टीकरण पत्र सोधिएकाले अदालत जान लागेका हौँ,” उनले भने ।
स्पष्टीकरण सोधिएकी सांसद रामकुमारी झाँक्रीले मंगलबार अदालत जाने संकेत गरेकी थिइन् । खनाल–नेपाल समूहले आजै निवेदन दर्ता गर्ने तयारी गरेको ती नेताको जिकिर छ ।
खनाल–नेपाल समूहले पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म कसरत गर्ने भन्दै पार्टी, दलले सोधेको स्पष्टीकरणको जवाफ भने दिने भएको छ ।
वरिष्ठ नेता नेपालसहित चारजनालाई दुई दिनभित्र जवाफ दिनभन्दै पुनः स्पष्टीकरण माग गरिएको छ । झलनाथ खनालसहित २३ सांसदलाई तीन दिनभित्र जवाफ दिन भनिएको छ ।
एमालेले प्रदेशका पाँचसहित कुल ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












