सर्वोच्चको आदेश- अख्तियारले अव ‘स्टिङ अपरेसन’ गर्न नपाउने (आदेशसहित)
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’का आधारमा अब सरकारी कर्मचारी पक्राउ गर्न नपाउने भएको छ ।
पछिल्लो समयमा अख्तियारको कामै ‘स्टिङ अपरेसन’ गर्दै पक्राउ परेका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा लगाउँदै आएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासबाट त्यस्तो रिट जारी भएको हो । सर्वाेच्च अदालतको संवैधानिक इजलासद्वारा निवेदककै पक्षमा रिट जारी गर्ने निर्णय भएसँगै ‘स्टिङ अपरेसन’ गर्न बन्देज लाग्ने भएको हो ।
‘फौजदारी न्यायका मान्य सिद्धान्त कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिलेसमेत मनासिब र तार्किक देखिएन । अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तबरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो’ अदालतको आदेशमा भनिएको छ ।
अख्तियारले २०५९ पछि नियमावलीका आधारमा सरकारी कार्यालयमा घूस न्यूनीकरणअन्तर्गत ‘स्टिङ अपरेसन’ चलाउँदै भ्रष्टाचार मुद्दा लगाउँदै आएको थियो ।संवैधानिक इजलासले रिट जारी गरेसँगै झण्डै चार सय भ्रष्टाचार मुद्दा प्रभावित हुनेछ । ‘स्टिङ अपरेसन’मै परेका केही सरकारी कर्मचारीले आत्महत्याको बाटोसमेत रोजेका थिए ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ मा ‘स्टिङ अपरेसन’ संविधान र प्रचलित कानुनसँगै बाँझिएको जिकीरसहित रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदकका पक्षबाट बहसमा संलग्न अधिवक्ता ललितबहादुर बस्नेतले भने, ‘अख्तियार आफैँले पैसा दिंदै ‘स्टिङ अपरेसन’ गर्न मिल्दैनथ्यो । यो सरासर गैरसंवैधानिक र गैरकानुनी कार्य थियो । अब अदालतबाट रिट जारी भएपछि अख्तियारले यो काम गर्न पाउँदैन ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












