माधव नेपाललाई ओलीको फोन : म त हिँडिसकेँ, तपाईं कहाँ पुग्नु भयो?
'पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्'
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदन नगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन्।
सरकारी निवास बालुवाटारबाट निस्किएर उनले बल्खुमा नयाँ आधुनिक भवन शिलान्यास गरेका हुन्।
भवन शिलान्यासमा जानुअघि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेका थिए। उनले नेता नेपाललाई फोन गर्दै आफू बालुवाटारबाट हिँडेको जानकारी गराएका थिए।
‘ म बालुवाटारबाट निस्किएँ, तपाईं कहाँ पुग्नुभयो?’, ओलीको भनाइ उद्धृत गर्दै नेपालसम्वद्ध स्रोतले भन्यो, ‘पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्।’
तर नेता नेपालले आफू अहिले आफ्नै निर्वाचन क्षेत्रस्थित मूलपानीमा रहेको बताएका थिए। उनले ओलीलाई जवाफमा भने, ‘म मूलपानीमा सानो भेटघाटमा छु, तपाईं जाँदै गर्नुस्, अब म निस्किन्छु।’
ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै गर्दा नेता नेपाल भने काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत मूलपानीको एक भेटघाटमा व्यस्त थिए। उनी प्रदेश सांसद एवम् ओली पक्षका नेता मणिराम फुयालसहित त्यहाँ पुगेका थिए।
नेता नेपाल कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयालकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुगेका थिए। तर ओलीले शिलान्यास कार्यक्रम सकिसक्दा पनि नेता नेपाल उक्त कार्यक्रममा पुगेका छैनन्।
ओलीले हिजो होटल मेरियटमा भएको वार्ताका क्रममा मदननगर बल्खुमा निर्माण गर्न लागिएको पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए।
मेरियटमा भएको करिब २ घण्टा लामो वार्ताका क्रममा बल्खुमा भूकम्पले भत्काएको भवन भएको ठाउँमा नयाँ भवन शिलान्यासमा सहभागी हुन नेता नेपाललाई आग्रह गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो। यसअघिको महाधिवेशन आयोजक कमिटी बैठकमा उक्त निर्णय भएको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












