माधव नेपाललाई ओलीको फोन : म त हिँडिसकेँ, तपाईं कहाँ पुग्नु भयो?
'पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्'
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदन नगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन्।
सरकारी निवास बालुवाटारबाट निस्किएर उनले बल्खुमा नयाँ आधुनिक भवन शिलान्यास गरेका हुन्।
भवन शिलान्यासमा जानुअघि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेका थिए। उनले नेता नेपाललाई फोन गर्दै आफू बालुवाटारबाट हिँडेको जानकारी गराएका थिए।
‘ म बालुवाटारबाट निस्किएँ, तपाईं कहाँ पुग्नुभयो?’, ओलीको भनाइ उद्धृत गर्दै नेपालसम्वद्ध स्रोतले भन्यो, ‘पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्।’
तर नेता नेपालले आफू अहिले आफ्नै निर्वाचन क्षेत्रस्थित मूलपानीमा रहेको बताएका थिए। उनले ओलीलाई जवाफमा भने, ‘म मूलपानीमा सानो भेटघाटमा छु, तपाईं जाँदै गर्नुस्, अब म निस्किन्छु।’
ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै गर्दा नेता नेपाल भने काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत मूलपानीको एक भेटघाटमा व्यस्त थिए। उनी प्रदेश सांसद एवम् ओली पक्षका नेता मणिराम फुयालसहित त्यहाँ पुगेका थिए।
नेता नेपाल कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयालकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुगेका थिए। तर ओलीले शिलान्यास कार्यक्रम सकिसक्दा पनि नेता नेपाल उक्त कार्यक्रममा पुगेका छैनन्।
ओलीले हिजो होटल मेरियटमा भएको वार्ताका क्रममा मदननगर बल्खुमा निर्माण गर्न लागिएको पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए।
मेरियटमा भएको करिब २ घण्टा लामो वार्ताका क्रममा बल्खुमा भूकम्पले भत्काएको भवन भएको ठाउँमा नयाँ भवन शिलान्यासमा सहभागी हुन नेता नेपाललाई आग्रह गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो। यसअघिको महाधिवेशन आयोजक कमिटी बैठकमा उक्त निर्णय भएको थियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












