माधव नेपालको ब्रिफिङ- नवौं महाधिवेशनबाट निर्वाचित कमिटी कायमै राख्ने मागबाट पछि हट्दिनँ
काठमाडाैँ । नेकपा एमाले नेता माधवकुमार नेपालले नवौं महाधिवेशनको कमिटी ब्युँताउन अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने भएका छन् ।
आफूपक्षीय नेताहरूलाई बिहीबार दुई घण्टा ब्रिफिङ गर्दै उनले पार्टीको कमिटी २०७५ जेठ २ को स्थितिमा फर्काउनुपर्ने अडानबाट पछि नहट्ने बताएका हुन् ।
‘नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटीलाई भंग गर्ने निर्णय उहाँले सच्याउनुपर्ने अडानबाट म पछि हट्ने अवस्था छैन । अन्य विषयको छलफल उहाँले त्यो कमिटीलाई क्रियाशील बनाएपछिमात्रै गर्ने पक्षमा म छु । आजको भेटमा समेत मेरो एजेण्डा यही नै हुनेछ,’ बैठकमा उनले गरेको ब्रिफिङबारे जानकारी दिँदै नेता युवराज ज्ञवालीले भने ।
अध्यक्ष ओलीले २८ फागुनमा नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । २३ फागनुमा सर्वोच्च अदालतको फैसलासँगै एमालेलाई पूर्ववत् अवस्था फर्किएकाले निर्वाचित कमिटीलाई समेत यथावत राख्नुपर्ने नेता नेपालको अडान छ ।
नेता नेपालले बुधबार साँझको छलफलमा पनि यही माग राखेका थिए । आज हुने छलफलमा समेत यही अडान कायमै राख्ने उनले आफूनिकट नेताहरूसँग बताएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












