ओलीलाई सुरेन्द्र पाण्डेको जवाफ- ओलीको कदम कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिको छ (पूर्ण पाठसहित)
काठमाडाैँ । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले पार्टीलाई एकतावद्ध नगरेमा दुष्परिणामको भागीदार पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने बताएका छन् ।
अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै पाण्डेले ओलीको कदम नेपाल कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने किसिमको भएकाले सबै प्रक्रिया रोकेर पार्टीलाई एकतावद्ध बनाउनेमा केन्द्रित हुन भनेका छन् ।
‘सबै प्रक्रिया रोकेर एकतावद्ध गर्नेमा पहल केन्द्रित गर्न आह्वान गर्छु । अन्यथा यसले निम्त्याउने दुष्परिणामको भागीदार अध्यक्ष नै हुनुपर्नेछ ।’
उनले पार्टी विधानविपरीत आफूले कुनै पनि काम नगरेको दाबी गरेका छन् । आफ्ना सम्पूर्ण काम पार्टीको सिद्धान्त, नीति र कार्यक्रमअन्तर्गत भएको पाण्डेको दाबी छ ।
जनताबाट निर्वाचित प्रतिनिधिसभाको पद नै समाप्त गरिदिने पत्र लेख्नु संविधानविपरीत हुने पाण्डेको जवाफ छ । पार्टीको विधान र महाधिवेशनको मार्गनिर्देशनअनुसार सक्रिय हुँदा अर्को दल खोलेको आरोप लगाउनु हास्यास्पद भएको उनको भनाइ छ ।
‘प्रतिनिधिसभाको पद नै समाप्त गरिदिने आशयको पत्र लेख्नु नेपालको संविधान, कानुन र एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधान तथा २३ फागुनको सर्वोच्च अदालतको फैसलाविपरीत छ,’ उनको स्पष्टीकरणमा भनिएको छ ।
हेर्नुस्, पाण्डेले दिएको स्पष्टीकरणको जवाफको पूर्णपाठ :
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












