पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखसमक्ष ४० सांसद पुगेपछि विपक्षी गठबन्धनकै सरकार बन्ने सम्भावना
काठमाडाै । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको सत्ता समीकरणमा हलचल देखिएको छ । राजीनामा दिने बेलासम्म एकल बहुमतमा रहेका पोखरेल दुईघण्टाको वीचमै एकजना सांसद गुमाए । नेकपाबाट निर्वाचित सांसद विमला खत्री माओवादी केन्द्रमा प्रवेश गरेपछि सरकार बनाउन नै समस्या भएको छ ।
सत्ता समीकरणका लागि अहिले जम्मा ४१ सांसद चाहिन्छ । तर, एमालेसँग अहिले ४० सीट छ र विपक्षीसँग पनि ४० सीटमात्रै रहेको छ । एकजना सांसद सभामुखमा निर्वाचित भएका कारण दुवैतिर बराबरी संख्या देखिएको हो । र, दुवै पक्षले प्रदेश प्रमुख धर्मप्रसाद यादवसमक्ष निवेदन दिएका छन् कि आफ्नो पक्षमा सरकार बनाउनु माग गर्दै ।
माओवादी, कांग्रृेस, जसपा र जनमोर्चाका सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुख यादव समक्ष माग दाबी गरेका छन् । र एमालेका ४० सांसदले पनि त्यही दाबी गरेका छन् । तर, ती दुवै दाबीलाई अहिलेसम्म प्रदेश प्रमुख यादवले प्रष्ट पार्न सकेका छैनन् । दुवैतिर ४० सांसद भएको अवस्थामा अन्तिम समयमा सभामुखले मतदान गर्ने अधिकार हुन्छ । त्यो अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुग्न सक्छ । सभामुख पुर्ण घर्ति माओवादी केन्द्रबाट निर्वाचित भएका सांसद हुन् । त्यसैले अहिले सभामुखको मतदान विपक्षी गठबन्धनलाई हुने देखिन्छ ।
काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेश प्रमुखले विपक्षीकै माग दावीलाई स्वीकार गर्ने बताए । शिलापत्रसँग छोटो कुराकानी गर्दै कनौडियाले आफुहरु सरकार गठनकै बारेमा छलफलमा रहेको बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












