प्रतिनिधिसभा बैठकका लागि सांसदलाई तोकियो यस्तो स्वास्थ्य मापदण्ड
काठमाडाै । प्रतिनिधिसभाको बैठक बस्नुभन्दा ४ दिन अगावै सांसदलगायत कर्मचारीको कोरोनाभाइरस कोभिड—१९ परीक्षण गरिएको छ । वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकसम्ममा सांसद र कर्मचारी संक्रमति हुन सक्ने सम्भावना भएपनि बुधबार / बिहिबार कोरोना परीक्षण गरिएको हो ।
कोरोना संक्रमित जुन बेलापनि हुन सक्ने भएकाले तीन/तीन दिनको अवधिमा सांसद र कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने भएको छ । संक्रमणको आशंका लागेमा जुन समयमा पनि पिसिआर सकिन्छ । तर, सांसद कर्मचारीलाई तीन/तीन दिनको अवधिमा पिसिआर तथा एन्टिजोन परीक्षण गरिने भएको छ ।
संक्रमणको उच्च जोखिम रहेकाले सांसद भवनमा कडा निगरानी राखिने भएको छ । सांसदहरु आप्mनो सिट बाहेक अन्य सिटमा बस्न पाउने छैनन् । सामाजिक दूरी कायम गरिने छ । यदि सांसदले मास्क नलगाउने वा चिउँडोमा झारेको खण्डमा सुरक्षाकर्मी भित्र पस्न नदिने, संक्रमितलाई होटल आइसोलेशनमा राख्ने, कोरोना परीक्षण गरिएपनि ज्येष्ठ उमेर समूहका सांसद, दीर्घरोगीलाई फ्रन्टलाइन नराखेर छुट्टै कडा निगरानीमा राखिने संघीय संसदका बैठक सञ्चालन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धमा छलफलमा सहभागी एक चिकित्सकले बताए ।
यस्तै हेल्थ टिमले प्रत्येक दिन सांसद तथा कर्मचारीलाई मनिटरिङ गर्ने छ । यस्तै तापक्रम नापेर त्यसको आधारमा सांसद भवनभित्र प्रवेश दिने वा नदिने भन्ने बारेमा हेल्थ टिमले निर्णय लिन्छ ।
यस्तै बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै दुई कर्मचारीको पनि पोजेटिभ रिपोर्ट आएको छ ।
संसद्को विशेष अधिवेशन हुनुभन्दा ४ दिनअघि कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ नतिजा आएको छ । प्रतिनिधिसभाका एक दर्जन बढी सांसदलाई कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै...
-
सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको...












