ग्लोबल आइएमई बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु १ करोड आर्थिक सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु १ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।
आज बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्राडा.भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले स्थापनादेखि नै सामाजिक हितमा विशेष जोड दिएर अगाडि बढेको बताउँदै समाजोपयोगी कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।
उनले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्राडा.कोइरालाले इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण शुरु गरेको जानकारी दिए । उनले इन्स्टिच्युटले अन्य प्रदेशमा सोही प्रकृतिको सेटेलाइट अस्पताल सञ्चालनको तयारी गरेको बताए ।
Comments
अरु समाचार
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बचत रकम फिर्ता गर्न छ हजारभन्दा बढी बचतकर्ताको उजुरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपियाँ बचत रकम फिर्ता गरीदिनका लागि...
-
३५ दिने अल्टिमेटम सकिँदापनि त्रिविको जग्गा भएन फिर्ता, अटेरीलाई बल प्रयोग गरेर हटाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न दिएको समयसीमा सकिँदासमेत अटेर गरी बसेका संघसंस्था तथा...
-
ओलीले किन गरे एमाले नेतृत्व नछाड्ने घोषणा ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएको भन्दै सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्...
-
नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि, भारतीयको सङ्ख्या उच्च
काठमाडौँ । सन् २०२६ को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका...












