कांग्रेस संसदीय दलको निर्णय : ओलीलाई विश्वासको मत नदिने
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।
शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।
ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने तर विश्वासको मतको विपक्षमा मत दिने निर्णय बैठकले गरेको खाँडले जानकारी दिए। ‘ओलीलाई विश्वासको मत नदिने र आफ्नो नेतृत्वमा सरकार बनाउन राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय बैठकले गरेको छ’ खाँडले भने,‘प्रधानमन्त्री ओली राजनीतिक र प्रशासनिक रूपमा पूर्ण असफल भएकाले उहाँलाई कांग्रेसले विश्वासको मत दिँदैन। आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ।’
प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको प्रमुख सचेतक खाँडको भनाई थियो।प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन्। यस्तै, कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ। उसले संवैधानिक परिषद् बैठकमा सहभागी नहुन सदस्यहरूलाई आग्रह गरेको छ। आइतबार प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाकेका छन्।
बैठकले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै जनताको जिवनरक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षणसमेत गराएको छ। यस्तै, उसले खोपको आपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नेसमेत जनाएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












