सासंद ओलीद्धारा कोरोना नियन्त्रणका लागी एक महिनाको तलव सहयोग
रुकुम- पुर्व । रुकुम –पूर्व) क्षेत्र नम्बर (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य तेजबहादुर ओलीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि एक महिनाको पारिश्रमिक वापतको रकम सहयोग गर्नुहुने भएको छ । उहाँले कोरोना रोेकथामको लागि एक महिनाको पारिश्रमिक वापतको रकम रु ५० हजार जिल्ला विपद कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो । शनिबार जिल्ला समन्वय समितिको कार्यालयमा दोस्रो भेरियन्टसहितको कोभिड १९ सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठकमा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
यस्तै कोभिड नियन्त्रणको लागि जिल्लाका तीनवटै गाउँपालिकाले तत्काललाई पाँचपाँच लाख रुपैया जम्मा गरी विपद व्यवस्थाप न कोषमार्फत खर्च गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिकी सुचना अधिकारी विमला रोका श्रेष्ठले जानकारी दिनुभयो । उक्त बजेट खर्चको लागि तीनवटै गाउँपालिकाका अध्यक्ष रहने गरी जिल्लास्तरीय बजेट खर्च व्यवस्थापन तथा समन्वय समिति गठन गरिने छ । यस्तै जिल्लास्थित कर्मचारी, जनप्रतिनीध, निर्माण व्यवसायी, व्यक्ति र संघसंस्थालाई स्वइच्छाले सहयोग गर्न आहन गरिने सुचना अधिकारी रोकाले बताउनुभयो ।
जिल्लामा अहिले कोरोना संक्रमितको उपचारको लागि बेड संख्या पर्याप्त छैन । यस्तै पछिल्लो समयमा अक्सिजन दिएर उपचार गर्ने बिरामीहरुको पनि संख्या बढ्दै छ । यस्तो अवस्थामा अक्सिजन, औषधी उपकरण र जनशक्तिसहितको १०० बेड क्षमताको कोभिड विशेष अस्पताल सञ्चालनको लागि प्रदेश सरकारसमक्ष अनुरोध गरि पठाउने र यसमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ । जिल्लामा अक्सिजन सिलिन्डर खरिद व्यवस्थापन गर्नुका साथै प्रयोगपछि खाली भएका सिलिन्डर रिफील तथा नियमित ढुवानीको लागि जिल्लामा रहेका सवारी साधनको परिचालन गरिने छ । सो कार्यको लागि एक जना कर्मचारी नियमित खटाइने छ ।
जिल्ला समन्वय समितिकी सुचना अधिकारी रोकाका अनुसार भूमे गाउँपालिकामा स्थापना गरि सञ्चालनमा ल्याईएको कोभिड अस्थाई अस्पतालका जनशक्तिको लागि २०७७ चैत्र १९ पछि ६ महिनालाई तलब भत्तासहितको कार्यक्रमलाई निरन्तरताको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरि पठाउने निर्णय गरिएको छ । बैठकबाटै जिल्लामा कोभिड संक्रमणबाट मृत्यु हुनेहरुको दाहासंस्कार गर्नको लागि सिस्ने गाउँपालिका ६ को धाउने, वडा नम्बर ५ र भूमे ४ को धौलापहिरा क्षेत्रलाई तोेकीएको छ ।
प्रभाकरको निर्देशन
यस्तै पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले रुकुम –पूर्व) का सरोकारवाला निकायहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी एकताबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । शनिबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ रुकुमकोटमा स्थानिय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कर्मीहरु लगायतका सरोकारवालाहरुसँग छलफल गरी कोरोना भाइरस नियन्त्रणका लागि एकजुट भएर लाग्न निर्देशन दिनुभएको हो ।
महामारीको रुपमा फैलिरहेको कोरोनाको दोस्रो भेटिएन्टीले देशलाई नै आक्रान्त पारिरहेको यो अवस्थामा जनताको स्वास्थ्यप्रति राज्य उत्तरदायी हुनु पर्ने भन्दै अग्रपंतीमा रहेर काम गर्न अनुेरोध गर्नुभयो । अहिले जिल्लामा उपलब्ध सबै संयन्त्रहरु कोरोना नियन्त्रणमा परिचालन गर्नु पर्ने उहाँको भनाई छ । उहाँले आफुले रुकुम –पूर्व) र पश्चिम भनेर कहिले पनि नछुटाउने भन्दै जिल्लामा आइपर्ने समस्या हल गर्नका लागी आफ्नो तवरबाट सक्ने सबै प्रयास र पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
कोरोना भाइरसबाट जनताहरु त्रसित भएकाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा निकाय सबैले जन स्तरमा गएर जनचेतना फैलाउनु पर्नेमा सांसद शर्माले जोड दिनुभयो । प्रत्यक अस्पताल तथा स्वास्थ्य सँस्थामा अक्सिजन सहितको बेडेको व्यवस्थापन गर्न जिल्लाका तिनवटै पालिकाहरुलाई उहाँले अनुरोध समेत गर्नुभएको छ । अहिले जिल्लामा कोरोना रोकथाम तथा न्युनिरकणका लागी भैरहेका प्रयास र समस्या चुनौती बारे गाउँपालिका अध्यक्ष, उपाअध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायतको सांसद शर्मा समक्ष रिपोर्टीङ गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











