सासंद ओलीद्धारा कोरोना नियन्त्रणका लागी एक महिनाको तलव सहयोग
रुकुम- पुर्व । रुकुम –पूर्व) क्षेत्र नम्बर (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य तेजबहादुर ओलीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि एक महिनाको पारिश्रमिक वापतको रकम सहयोग गर्नुहुने भएको छ । उहाँले कोरोना रोेकथामको लागि एक महिनाको पारिश्रमिक वापतको रकम रु ५० हजार जिल्ला विपद कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो । शनिबार जिल्ला समन्वय समितिको कार्यालयमा दोस्रो भेरियन्टसहितको कोभिड १९ सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठकमा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
यस्तै कोभिड नियन्त्रणको लागि जिल्लाका तीनवटै गाउँपालिकाले तत्काललाई पाँचपाँच लाख रुपैया जम्मा गरी विपद व्यवस्थाप न कोषमार्फत खर्च गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिकी सुचना अधिकारी विमला रोका श्रेष्ठले जानकारी दिनुभयो । उक्त बजेट खर्चको लागि तीनवटै गाउँपालिकाका अध्यक्ष रहने गरी जिल्लास्तरीय बजेट खर्च व्यवस्थापन तथा समन्वय समिति गठन गरिने छ । यस्तै जिल्लास्थित कर्मचारी, जनप्रतिनीध, निर्माण व्यवसायी, व्यक्ति र संघसंस्थालाई स्वइच्छाले सहयोग गर्न आहन गरिने सुचना अधिकारी रोकाले बताउनुभयो ।
जिल्लामा अहिले कोरोना संक्रमितको उपचारको लागि बेड संख्या पर्याप्त छैन । यस्तै पछिल्लो समयमा अक्सिजन दिएर उपचार गर्ने बिरामीहरुको पनि संख्या बढ्दै छ । यस्तो अवस्थामा अक्सिजन, औषधी उपकरण र जनशक्तिसहितको १०० बेड क्षमताको कोभिड विशेष अस्पताल सञ्चालनको लागि प्रदेश सरकारसमक्ष अनुरोध गरि पठाउने र यसमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ । जिल्लामा अक्सिजन सिलिन्डर खरिद व्यवस्थापन गर्नुका साथै प्रयोगपछि खाली भएका सिलिन्डर रिफील तथा नियमित ढुवानीको लागि जिल्लामा रहेका सवारी साधनको परिचालन गरिने छ । सो कार्यको लागि एक जना कर्मचारी नियमित खटाइने छ ।
जिल्ला समन्वय समितिकी सुचना अधिकारी रोकाका अनुसार भूमे गाउँपालिकामा स्थापना गरि सञ्चालनमा ल्याईएको कोभिड अस्थाई अस्पतालका जनशक्तिको लागि २०७७ चैत्र १९ पछि ६ महिनालाई तलब भत्तासहितको कार्यक्रमलाई निरन्तरताको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरि पठाउने निर्णय गरिएको छ । बैठकबाटै जिल्लामा कोभिड संक्रमणबाट मृत्यु हुनेहरुको दाहासंस्कार गर्नको लागि सिस्ने गाउँपालिका ६ को धाउने, वडा नम्बर ५ र भूमे ४ को धौलापहिरा क्षेत्रलाई तोेकीएको छ ।
प्रभाकरको निर्देशन
यस्तै पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले रुकुम –पूर्व) का सरोकारवाला निकायहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी एकताबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । शनिबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ रुकुमकोटमा स्थानिय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कर्मीहरु लगायतका सरोकारवालाहरुसँग छलफल गरी कोरोना भाइरस नियन्त्रणका लागि एकजुट भएर लाग्न निर्देशन दिनुभएको हो ।
महामारीको रुपमा फैलिरहेको कोरोनाको दोस्रो भेटिएन्टीले देशलाई नै आक्रान्त पारिरहेको यो अवस्थामा जनताको स्वास्थ्यप्रति राज्य उत्तरदायी हुनु पर्ने भन्दै अग्रपंतीमा रहेर काम गर्न अनुेरोध गर्नुभयो । अहिले जिल्लामा उपलब्ध सबै संयन्त्रहरु कोरोना नियन्त्रणमा परिचालन गर्नु पर्ने उहाँको भनाई छ । उहाँले आफुले रुकुम –पूर्व) र पश्चिम भनेर कहिले पनि नछुटाउने भन्दै जिल्लामा आइपर्ने समस्या हल गर्नका लागी आफ्नो तवरबाट सक्ने सबै प्रयास र पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
कोरोना भाइरसबाट जनताहरु त्रसित भएकाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा निकाय सबैले जन स्तरमा गएर जनचेतना फैलाउनु पर्नेमा सांसद शर्माले जोड दिनुभयो । प्रत्यक अस्पताल तथा स्वास्थ्य सँस्थामा अक्सिजन सहितको बेडेको व्यवस्थापन गर्न जिल्लाका तिनवटै पालिकाहरुलाई उहाँले अनुरोध समेत गर्नुभएको छ । अहिले जिल्लामा कोरोना रोकथाम तथा न्युनिरकणका लागी भैरहेका प्रयास र समस्या चुनौती बारे गाउँपालिका अध्यक्ष, उपाअध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायतको सांसद शर्मा समक्ष रिपोर्टीङ गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटदेखि विश्व शान्तिसम्म कस्तो छ कूटनीतिक सन्देश ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सहभागिताले नेपालको अन्तरराष्ट्रिय प्राथमिकता र कूटनीतिक चासो अभिव्यक्त गर्ने अवसर दिएको...
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...












