ओली र नेपालबीच १ बजे सिंहदरबारमा एक्लाएक्लै वार्ता
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता हुँदैछ।
उनीहरूबीच दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता हुने एमाले नेता सुवास नेम्वाङले बताए। दुई नेताको भेटपछि एमालेभित्रको विवाद समाधानका लागि बनाउने भनिएको कार्यदलको पनि टुंगो लाग्ने सम्भावना छ।
यसअघि गएको बिहीबार पनि ओली र नेपालले एक्लाएक्दै भेटेका थिए। त्यसको भोलिपल्ट दुई पक्षका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको थियो।
नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ को विन्दुबाट अघि बढाएर समाधान खोज्नुपर्ने माग राख्दै आएको छ। यसमा प्रधानमन्त्री समेत रहेका ओली सकारात्मक रहेको बताइएको छ।
तर, शुक्रबारको छलफलमा हालै एमाले भित्रिएका गृहमन्त्री रामबहादुर थापालाई पनि ओलीले आफ्नो समूहबाट सहभागी गराएपछि नेपाल पक्ष सशंकित बनेको छ।
शनिबार नेपालले आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। उनीनिकट केन्द्रीय सदस्यले एमाले विवाद समाधान कार्यदलमा पूर्वमाओवादी नेता बादल पक्षलाई नराख्न सुझाव दिएका थिए।
थापालाई ओलीले राख्न खोज्नु एमाले एकता नचाहेको र अफूहरूलाई पाखा लगाउन खोजिएको रुपमा बुझ्न आग्रह गरेका थिए। नेपालको ६ बुँदे मागमा टेकेर ओलीसँग वार्ता गर्न केन्द्रीय सदस्यले सुझाएका थिए।
नेपाल पक्षले सम्पूर्ण पार्टी कमिटी २ जेठ २०७५ मा फर्काउनुपर्ने र गत फागुन २८ गतेपछिका निर्णय फिर्ता लिन आग्रह गरेको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












