दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।
मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली !
२०७८ जेठ ३ गते २८ औं मदन–आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८ वर्ष पूरा भएको छ। सर्वप्रथम म उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो हुनुहुन्थ्यो। सिद्धान्तकार, विचारक, व्याख्याता र एक दुरदृष्टियुक्त नेता हुनुहुन्थ्यो। उहाँले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर संसारभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र असाध्यै बलशाली बनाउनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। यसैगरी कुशल संगठक कमरेड जीवराज आश्रितले नेकपा (एमाले)को संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा उहाँले खेल्नु भएको भूमिका अतुलनीय छ।
सोभियत संघ विघटनपछि कम्युनिष्ट आन्दोलन रक्षात्मक मात्रै होइन अलमलमा थियो। दिशाहीनता र जडताको गोलचक्करमा परेको तथा ओरालो लागेको कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर तत्कालीन महासचिव कमरेड भण्डारीले नयाँ उचाई प्रदान गर्दै नयाँ आशा र विश्वास प्रदान गर्नुभयो। मार्क्सवादका मूलभूत पक्षको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन जबजको अग्रणी भूमिका छ।
जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन। घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ। त्यसैले दासढुंङ्घा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु। यतिबेला हामी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेका छौं।
यो बेला हामी माथि प्रश्न छ, ‘के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौँ ?’ हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य– मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौं?’ अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ। नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन।
यी तमाम दायित्व पूरा गर्नका लागि आजको सन्दर्भमा एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त हो। नेकपा (एमाले) को विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै उहाँहरुले देखेको सुन्दर सपना साकार पार्न सक्नेछौं। फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ। देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिड्ने प्रण गरौं। यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
अहिले हामी कोरोनाको दोस्रो लहरका कारण हामीले युगकै असाध्यै कठिन परिस्थिति सामना गरिरहेका छौं। यो विषम परिस्थितिमा सबैसँग आवश्यक सहकार्य गर्दै सम्पूर्ण शक्ति र संयन्त्र कोरोना विरुद्धको लडाईंमा परिचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्ति सहित आम जनसमुदायलाई हार्दिक अपील समेत गर्दछु।
माधवकुमार नेपाल
वरिष्ठ नेता नेकपा (एमाले)
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












